spot_img

तामाखानी–लोदिङ सडक स्तरोन्नतीमा गुणस्तरहीन बालुवा प्रयोग, वडाले लियो एक्सन

spot_img

सोलुखुम्बु । सोलुखुम्बुको सल्लेरी–तामाखानी–लोदिङ सडक स्तरउन्नतीकोे कार्य वडा कार्यालयले रोकिएको छ । कोशी प्रदेश सरकारको ४२ करोडको लागतमा निर्माण भईरहेको उक्त सडकमा गुणस्तरहीन बालुवाको प्रयोग भएको भन्दै सोलुदुधकुण्ड नगरपालिका ३ वडा कार्यालयले २ दिनदेखि काम ठप्प पारेको हो ।

Advertisement

प्रदेश सरकार पुर्वधार विकास तथा शहरी विकास मन्त्रालयको ४२ करोडको लागत स्टिमेटमा गत मंसिर ३० गतेबाट सुरु गरेको थियो । ओसेस इन्जिनियर एण्ड बिल्डर्स प्रा.लि काठमाण्डौ काम गरिरहेको उक्त सडकमा प्रयोग भईरहेको बालुवा गुणस्तरहिन पाइएकाले दुई दिनदेखि काम नै रोकेको वडाध्यक्ष ल्हाक्पा गेलु शेर्पाले बताए ।

Advertisement

सडकको काममा ठेकेदार कम्पनीले माटो मिसिएको बालुवा प्रयोग गरेको पाइएकाले काम रोकेको उनको भनाई छ । प्रदेश सरकारको चालु आर्थिक वर्षको करिब ४२ करोडको उक्त योजनामा ओसेस इन्जिनियर एण्ड बिल्डर्स प्रा.लि काठमाण्डौले २१ करोड २३ लाखमा ठेक्का पारेको हो । १३ किलोमिटर सडकमा ग्रावेलसहित स्ट्रक्चर, ग्याविङ, साईड कटिङ लगायतका काम भईरहेको सो आयोजनामा प्रयोगमा भएको बालुवामा माटो मिसिएको भेटिएपछि स्थानीय युवाहरु र वडा कार्यालयले काम रोकेको हो ।

Advertisement

ढलान तथा स्ट्रक्चरको काम रोकिएपछि आयोजनाका कामदारहरु दुई दिनदेखि घाम तापेर दिन कटाउन बाध्य बनेको कामदार पुर्ण तामाङको भनाई छ । ‘बालुवा माटो मिसिएको पठाएका काम वडाध्यक्षले रोक्नुभयो, हामी त दुई दिनदेखि यतिकै बसिरहेका छौ ।’–तामाङले भने । आयोजनाले सुरुवातमा गुणस्तरिय काम गरेपनि वडा तामाखानी क्षेत्रमा पुगेपछि बालुवा गुणस्तरहिन प्रयोग गरेको स्थानीयको दाबी छ ।

जसका कारण ढलान भएका ठाउँहरु कमसल हुने भन्दै वडा कार्यालयले गुणस्तरिय बालुवा नल्याएसम्म काम अघि बढ्न नदिने अडान लिएका छन् । निर्माण कम्पनी ओसेस इन्जिनियर एण्ड बिल्डर्स प्रा.लिका साईड इन्चार्ज तिर्थराज न्यौपानेले आफुहरुको कम्जोरी भएको स्विकार गरेका छन् ।

उनले भने–‘यसमा हाम्रो पनि कम्जोरी हैन, बाईमिस्टेक कामदारले माटो मिसिएको बालुवा लगाएको रहेछ, यसलाई हामी तुरुन्त करेक्सन गर्छौ, यहि नगरपालिकाको वडा नम्बर ५ का वडाध्यक्षबाट हामीले बालुवा लिएका हौँ अब त्यो बालुवा फिर्ता गरेर अर्को बालुवा ल्याउछौँ अनि काम अघि बढाउँछौँ ।’

निर्माण कार्यमा प्रयोग भएको बालुवा कम्जोरी भएको निर्माण कम्पनीले पनि स्विकार गरेको छ । यसअघि भएका कामहरुमा त्यस्तो समस्या नभएपनि तामाखानी क्षेत्रमा ल्याइएको केहि ट्याक्टर बालुवा भने क्रसरले कमशल पठाएको निर्माण कम्पनीको दाबी छ ।

क्रसरलाई आफुहरुलाई झुक्याएको भन्दै कमशल बालुवा फिर्ता गराएर गुणस्तरिय बालुवा झिकाएर मात्रै काम अघि बढाउने निर्माण कम्पनीको भनाई छ । तर कुनै पनि बहानामा गुणस्तरहिन काम गर्ने छु्ट कसैलाई पनि छैन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै