spot_img

सोलुखुम्बुमा एक किशोरीले लगाईन् आफ्नै शरिरमा आगो

spot_img

सोलुखुम्बु । सोलुखुम्बुमा एक किशोरीले आत्मदाहको प्रयास गरेकी छन् ।

Advertisement

जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ५ जुबुकी १६ वर्षीया सकुन्तला तामाङले आईतबार राती खुम्बु पासाङ ल्हामु गाउँपालिका २ लुक्लामा आफ्नै शरिरमा आगो लगाई आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Advertisement

कार्यालयका सुचना अधिकारी एवं प्रहरी निरीक्षक राम किशोर शाहका अनसार राती साडे ८ बजे किशोरीले शरिरमा आगो लगाएकी हुन् । आगोले उनको शरिरको विभिन्न भाग जलेको प्रहरीले जनाएको छ ।

Advertisement

उनलाई बचाउन गएका किशोरीकी आमा राधा कुमारी राई तामाङ समेत सामान्य घाईते भएकी छन् ।

घाईते दुवै जनाको खुम्बु पासाङ ल्हामु गाउँपालिका २ स्थित पासाङ ल्हामु निकोलनिकी अस्पतालमा उपचार भईरहेको जनाइएको छ । घटनाको कारण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै