spot_img

नाम्चे बजारबाट ७० हजार बढीको अखाद्य वस्तु जफत

spot_img

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित नाम्चे बजारबाट ७० हजार बढीको म्याद गुज्रिएका वस्तुहरु जफत गरिएको छ ।

Advertisement

सिमा प्रशासन कार्यालय नाम्चेले चैत्र २३ देखि २५ गते सम्म सो क्षेत्रका होटल तथा पसलहरुको अनुगमनमा ७१ हजार २५० हजार मुल्य बराबरको अखाद्य वस्तु जफत गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Advertisement

खुम्बु पासाङल्हामु गाँउपालिका ५ नाम्चे र छोड्क्यामको ४९ वटा होटल तथा लज, ५ वटा बेकरी तथा क्याफे, १ वटा सैलुन तथा स्पा, १ वटा कुनफेन र ४ वटा खाना नास्ता होटल गरी ६० वटा होटलको अनुगमन गरिएको सिमा प्रशासन कार्यालय नाम्चेका प्रमुख सुजन कुमारी बर्देवाले जानकारी दिइन् ।

Advertisement

व्यवसायीहरुलाई कानुन बमोजिम नविकरण गर्न र पर्यटकहरुको अभिलेख दुरुस्त राख्न आवश्यक प्रशासनले निर्देशन दिएको छ भने म्याद सकिएको बेसार, थुक्पा, टुना, मिट मसला, करी पाउडर, बेसन, सोया सस, बेगिङ पाउडर, कफी, प्याकेट सुप, क्यान फ्रुट, मुस्ली, चाउचाउ लगायतका नगद वस्तुहरु जफत गरि नष्ट गरिएको छ ।

अनुगमनमा वडाअध्यक्ष पासाङ ग्याल्जेन शेर्पा, इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरीक्षक शम्भु बस्नेत, नाम्चे होटल तथा लज व्यवसायी संघ, खुम्बु सामुदायिक सेवा केन्द्र र एस.पि.सि.का अध्यक्ष, नाम्चे गुम्बा समिति, खुम्बु क्षेत्र कर्मचारी मिलन केन्द्र, खुम्बु व्यापार संघ, नाम्चे युवा समुह, नाम्चे महिला समुह, नाम्चे मध्यवर्ती क्षेत्र उपभोक्ता समिति र स्थानीय व्यक्तिहरुको सहभागीता रहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले जानकारी दिए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै