spot_img

सगरमाथा आरोहणका लागि १०० बढीले लिए अनुमती

spot_img

सोलुखुम्बु । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि अहिलेसम्म २७ वटा देशका एक सय १५ जनाले अनुमति लिइसकेका पर्यटन विभागले जनाएको छ ।

Advertisement

यस्तै सगरमाथासहित देशका १५ वटा हिमाल आरोहणका लागि तीन सय चार जनाले अनुमति लिएका छन् । यस वर्ष पर्वतारोहणका लागि आउने पर्यटकको सङ्ख्या उत्साहजनक रूपमा बढिरहेको पर्यटन व्यवसायीले बताएका छन् ।

Advertisement

शिविरसम्मको बाटो तयार
वसन्तयाममा सगरमाथा आरोहणका लागि दोस्रो शिविरसम्मको बाटो तयार भएको छ । दोस्रो शिविरसम्मको बाटो बनाउने जिम्मा पाएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले खटाएका आइसफल डाक्टरहरूले दोस्रो शिविरसम्मको बाटो तयार पारेका हुन् । अब आरोहीहरू दोस्रो शिविरसम्म जान सक्ने एसपीसीसीका अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए ।

Advertisement

आधार शिविरबाट दोस्रो शिविरसम्म पुग्ने बाटोमा रहेको खुम्बु आइसफल लगायतका ठाउँको बाटो निकै अप्ठ्यारो रहेको आरोहीहरू बताउँछन् । यही बाटो भएर ल्होत्से र न्युप्त्से हिमाल पनि आरोहण गरिन्छ ।

सगरमाथा आरोहण गर्नुअघि आरोहीहरू आधार शिविरबाट दोस्रो शिविरसम्म पटक–पटक आवातजावात गर्ने भएकोले दोस्रो शिविरसम्मको बाटो चाँडो बनाइन्छ ।

दोस्रो शिविरभन्दा माथि आरोहण गराउने कम्पनीहरूले बाटो बनाउँछन् । बाटो बिग्रिरहने भएकोले आरोहण सिजनभर बाटो बनाउने टोली तयारी अवस्थामा रहने एसपीसीसीले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै