spot_img

जिल्ला अस्पताल फाप्लु ३ वर्षदेखि निमित्तको भरमा, १८ दरबन्दीमा १२ रिक्त

spot_img

सोलुखुम्बु । सोलुखुम्बु सदरमुकाममै रहेको जिल्ला अस्पताल फाप्लु ३ वर्षदेखि निमित्त प्रमुखको भरमा सञ्चालन भईरहेको छ । यस अस्पताल वि.स.२०७६ सालदेखि निमित्त प्रमुखको भरमा सञ्चालन भईरहेको हो ।

Advertisement

जिल्ला अस्पतालको प्रमुख ९ औँ तहको मेडिकल सुपरिटेन्डेन हुनुपर्ने भएपनि हाल ७ औँ तहको नर्सले चलाईरहेका छन् । तत्कालिन मेडिकल सुपरिटेन्डेन डा. छिरीङ शेर्पाको सरुवा भएसँगै त्यसयता अस्पताल स्टाफ नर्स सानी शेर्पाले चलाइरहेकी छन् ।

Advertisement

हाल प्रमुखको पद खाली रहेको छ भने कोशी प्रदेशबाट सुपरिटेन्डेनको तलब भक्ता बापत आउने वार्षिक करिब २६ लाख रकम यत्तिकै फिर्ता जाने गरेको अस्पतालकी निमित्त प्रमुख सानी शेर्पाले बताइन् । प्रदेश सरकारले स्थायी एमडिजिपी डाक्टरको व्यवस्थापन गर्न नसक्दा ३ वर्षदेखि अस्पताल निमित्तको भरमा सञ्चालन गर्नुपरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाले बताए ।

Advertisement

नागरिकको स्वास्थ्यसँग जोडिएको यस विषयमा आफुले संघ र प्रदेश सरकारसँग समन्वय गरिरहेको उनको भनाई छ । १८ जनाको स्थायी दरबन्दी रहेको १५ बेडको फाप्लु अपतालमा हाल ६ जना मात्रै स्थायी कर्मचारी छन् । जसमा एक जना वरिष्ठ अस्पताल निरीक्षक, एक जना स्टाफ नर्स, दुई जना सिनियर अनमी, ल्याब असिस्टेन एक जना र कार्यालय सहयोगी एक जना छन् ।

अन्य १२ जनाको दरबन्दी भने खाली रहेको अस्पताल श्रोतले जनाएको छ । तर आफुहरुले विभिन्न संघसंस्था तथा सरकारी निकायहरुसँग समन्वय गरेर करारमा चिकित्सक तथा अन्य कर्मचारीहरु राखेर अस्पताल सञ्चालन गरिरहेको निमित्त अस्पताल प्रमुख शेर्पाले बताईन् । १५ बेडको मान्यता प्राप्त अस्पताल भएपनि हाल ५० बेडकै रुपमा सञ्चालन भईरहेको उनको भनाई छ ।

विरामीको चाप अधिक हुँदा आफुहरुले ५० बेडकै सेवा प्रवाह गरिरहेपनि कर्मचारीको दरबन्दी कम हुनु र भएका दरबन्दी समेत खाली हुँदा सेवा प्रवाहमा चुनौती रहेको निमित्त प्रमुख शेर्पाले बताइन् । तर विरामी र विरामीका आफन्तहरु भने अस्पताल भौतिक संरचनाको रुपमा अब्बल रहेपनि सेवामा सुधार हुन नसकेको गुनासो गर्छन् ।

विरामीका कुरुवा बालाराम श्रेष्ठले भने–‘जिल्ला अस्पतालमा ठुलो भरोसा लिएर विरामी पुग्टन्, तर सामान्य भन्दा सामान्य उपचारका लागि समेत ओखलढुंगा रेफर गर्ने प्रवृति रोकिएको छैन्, भर्ना गरेर राखेको विरामीले डाक्टर भेट्न त भोलीपल्ट विहानै कुर्नुपर्छ भने अरु त के अपेक्षा गर्नु !’ अस्पतालको सेवाबारे सेवाग्राही सन्तुष्ट देखिदैनन् ।

‘जिल्ला अस्पताल भौतिक संरचनाको हिसाबमा गर्व गर्न लायक छ, तर सेवा भने गएगुज्र्रे कै छ, खै सेवा कहिले सुध्रिने हो कुन्नी ?’–अस्पतालमा भेटिएका माप्यदुधकोशीका नविन राईले भने । सगरमाथामा आरोही सर एडमन्ड हिल्लारीले करिब ५४ वर्षअघि स्थापना गरेको फाप्लु अस्पतालमा आधा शताब्दीपछि सुविधा सम्पन्न भवन निर्माण भएको छ ।

नेपाल सरकारको सहरी विकास मन्त्रालयको करिब २१ करोड २१ लाख रुपैयाँको लागतमा उक्त भवन निर्माण गरिएको हो । करिब ६४ रोपनी क्षेत्रफलमा फैलिएको अस्पतालमा झण्डै ७ रोपनी क्षेत्रफलमा नयाँ भवन निर्माण भएको अस्पताल प्रशासनले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै