spot_img
spot_img

सगरमाथामा बाटो बनाउने टोली क्याम्प–१ तर्फ अघि बढ्यो

spot_img

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि रुट निर्माण गर्ने आइसफल डाक्टरको टोली क्याम्प–१ तर्फ अघि बढेका छन् ।

Advertisement

सगरमाथा आधार शिविरदेखि रोप फिक्सिङ गर्दै क्याम्प–१ पुग्न लागेका सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामा काजी शेर्पाले जानकारी दिए ।

Advertisement

उक्त टिममा छिरिङ तेन्जिङ शेर्पा, आङ सार्की शेर्पा, छेवाङ नुरु शेर्पा, दावा जाङ्बु शेर्पा, दावा नुरु शेर्पा, मिङ्मा तेम्बा शेर्पा, पेम्बा छिरिङ शेर्पा, सोनाम छिरिङ शेर्पा र तेन्जिङ दोर्जी शेर्पा आइसफल डाक्टरहरू रहेका छन् ।

Advertisement

त्यस्तै, दुई जना किचन् स्टयाफ (नवाङ थातेन शेर्पा र वाङ्दी गेल्बु शेर्पा) र एक जना फोहोर व्यवस्थापन कर्मचारी (सञ्जीव तामाङ) समेत रहेका छन् ।

त्यस्तै, क्याम्प–२ देखि माथि सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’को काम इमाजिन नेपाल ट्रेक्स नामक कम्पनीले पाएको छ । माउन्टेन गाइड दावा ग्याल्जे शेर्पाले यो कामको नेतृत्व गर्नेछन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै