spot_img

सोलुमा वैशाख ५ बाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

spot_img

सोलुखुम्बु । सोलुखुम्बुमा वैशाख ५ गतेबाट १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । आज मंगलबार सल्लेरीमा बसेको जिल्ला खेलकुद विकास समितिको बैठकले बैशाख ५, ६ र ७ गते प्रतियोगिता गर्ने निर्णय गरिएकोे हो ।

Advertisement

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र थापा मगरको अध्यक्षतामा बसेको उक्त बैठकले प्रतियोगिता जनजागृति मावि सल्लेरीको खेल मैदानमा गर्ने पनि निर्णय गरिएको छ ।

Advertisement

भलिबल, कवडी, एथ्लेटिक्ससहित विभिन्न ६ विधामा हुने प्रतियोगितामा जिल्लाको ८ वटै स्थानीय तहका खेलाडीहरु सहभागी हुने अध्यक्ष मगरले बताए ।

Advertisement

प्रतियोगिताबाट छनौट भएका खेलाडीहरु प्रदेश हुँदै संघ स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जान पाउने जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै