spot_img

सोलुका अर्जुन र खोटाङकी प्रियालाई ‘पञ्चासे ट्रेल रेस’को उपाधि

spot_img

सोलुखुम्बु । पोखरामा सम्पन्न छैटौं संस्करण ‘पञ्चासे ट्रेल रेस’ को उपाधि पुरुषतर्फ सोलुखुम्बुका अर्जुन कुलुङ र महिला तर्फ खोटाङकी प्रिया राईले जितेका छन् । ‘पोखरा ट्रेल रेस सिरिज’ रनिङ क्लबको आयोजनामा भएको ५५ किलोमिटरको गोरेटो दौड पोखराको कोमागाने पार्कबाट सुरु भई पञ्चासे पुगेर फर्किई सराङकोटको खपौदीमा ओर्लिएर समापन भएको थियो ।

Advertisement

५५ किलोमिटरको गोरेटो दौडसँगै ७ किलोमिटरको ‘फन रेस’ समेत आयोजना गरिएको थियो । ५५ किलोमिटरको दौड कुलुङ राईले ६ घण्टा ६ मिनेटमा पुरा गर्दै उपाधि जित्न सफल भए । उनले नगद ३० हजार रुपैयाँ प्राप्त गरे । गोरखाका धावक निरोज भट्ट क्षत्री उपविजेता बने । उनले ६ घण्टा २० मिनेटमा पुरा गरेका थिए ।

Advertisement

क्षत्रीले नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । काठमाडौंका रेवतबहादुर दाहालले तेस्रो स्थानमा रहँदै नगद ५ हजार रुपैयाँ प्राप्त गरे । दाहालले दुरीलाई ६ घण्टा ५२ मिनेटमा पुरा गरेका थिए । महिलातर्फको प्रतिस्पर्धामा खोटाङकी प्रिया राईले ७ घण्टा २५ मिनेटमा पुरा गर्दै उपाधिसहित नगद ३० हजार रुपैयाँ प्राप्त गरिन् ।

Advertisement

एक मिलिसेकेन्डले पछि पार्दै धादिङकी रशिला तामाङ दोस्रो बनिन् । उनले दुरीलाई ७ घण्टा ५९.५७ मिनेटमा पूरा गरिन् । उनले नगद १५ हजार प्राप्त गर्दा सोलुखुम्बुकी अनीता राई ७ घण्टा ५९.५८ मिनेटले तेस्रो स्थानमा रहिन् ।

उनले नगद ५ हजार रुपैयाँमा चित्त बुझाइन् । ‘पञ्चासे ट्रेल रेस’मा ३६ जना धावकले प्रतिस्पर्धा गरेका थिए । पुरुष तर्फ ३१ जना थिए । महिला तर्फ ५ जनाको सहभागिता रहेको पोखरा ट्रेल

रेस सिरिज रनिङ क्लबका अध्यक्ष विकास गुरुङले जानकारी दिए । उनले प्रतिस्पर्धामा ३ जना विदेशी धावकको समेत सहभागिता रहेको थियो । ५५ किलोमिटर दौडसँगै क्लबले ७ किलोमिटरको फन रेससमेत आयोजना गरेको थियो ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै