spot_img

खुम्बु क्षेत्र हिउँले ढपक्कै, हिउँमा रमाउँदै पर्यटक

spot_img

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्र हिउँले ढपक्कै ढाकेको छ । गत शुक्रबारदेखि निरन्तर भइरहेको हिमपातले खुम्बु क्षेत्र पुरै हिउँले ढाकेको स्थानीयले बताएका छन् ।

Advertisement

नाम्चेमा मात्रै करिब ४ इन्च भन्दा बढी हिउँ जमेको छ भने त्यस भन्दा माथिल्लो क्षेत्रमा बाक्लो हिउँ जमेको नाम्चेका पर्यटन व्यवसायी लामाजी शेर्पाले जानकारी दिए ।

Advertisement

हिमपातसँगै पर्यटकहरु हिउँमा रम्न थालेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले बताए ।

Advertisement

शनिबार दिनभर हिउँ परेर आज आईतबार विहानदेखि घाम लागेसँगै खुम्बु क्षेत्र टलक्कै हिउँले टल्किएको छ ।

जसका कारण हिउँमा रमाउने पर्यटकहरु विहानैदेखि हिउँ खेल्न निस्किएको पर्यटन व्यवसायी नरेन्द्र राईले बताए ।

लामो समयको प्रतिक्षापछि भारी मात्रामा हिमपात भएका कारण खुम्बुका होटल, व्यवसायी, पर्यटन व्यवसायीदेखि स्थानीय समेत उत्साहित बनेका छन् ।

तस्विर सौजन्य- लामाकाजी शेर्पा र भुमिराज उपाध्याय

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै