spot_img
spot_img

चट्याङले सल्लेरी च्याल्सा विद्युतको उपकरणहरुमा क्षति

spot_img

सोलुखुम्बु । चट्याङका कारण सल्लेरी च्याल्सा विद्युत कम्पनीको दर्जनौ विद्युत उपकरणमा क्षति पु¥याएको छ । शुक्रबार वर्षातसहित परेको चट्याङका कारण ठाउँ ठाउँको ट्रान्सफरमर लगायतका उपकरणहरुमा क्षति पुर्‍याएको कम्पनीले जनाएको छ ।

Advertisement

चट्याङका कारण गार्मा, खोरिया, भित्ताखर्क, सल्लेरी, फाप्लु, सुर्के, बेनी लगायतका क्षेत्रमा क्षति पुर्‍याएको कम्पनीका वितिय अधिकृत मेम कुमारी मास्केले जानकारी दिइन् । जसका कारण ठाउँ ठाउँको विद्युत सेवा अवरुद्ध भएको उनको भनाई ।

समस्या पहिचानका लागि विहानैदेखि कम्पनीका प्राविधिकहरु फिल्डमा खटिरहेकाले मर्मतको काम पनि भईरहेको अधिकृत मास्केले बताइन् । सदरमुकाम सल्लेरीसहित आसपासका क्षेत्रका गरी २२ सय भन्दा बढी घरधुरीलाई विद्युत सेवा उपलब्ध गराउँदै कम्पनीले शुक्रबारको चट्याङका कारण ठुलो क्षति बेहोर्नु परेको जनाएको छ ।

Advertisement

कतिपय ट्रान्सफरमर तथा उपकरणहरुमा पानी पसेका कारण पनि बढी क्षति भएको अधिकृत मास्केले बताइन् । हाल कम्पनीले करिब ५०० किलोवाट विद्युत उत्पादन गर्दै आएको छ ।

बेनी हाईड्रोपावरले टनेलमा पानी भर्न थालेसँगै आफुहरुलाई पानीको समेत अपुग हुँदा पर्याप्त विद्युत उत्पादन गर्न नसकेको कम्पनीले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine

भर्खरै