सोलुखुम्बु । वर्षातसँगै परेको चट्याङ लागेर ओखलढुंगामा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जिल्लाको चम्पादेवी गाउँपालिका–६ भदौरेकी २० वर्षीया सर्मिला कार्की रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
शुक्रबार दिउँसो खेतमा गहुँ काटिरहेको समयमा बर्षासँगै परेको चट्याङ लाग्दा कार्की र उनकी बहिनी पर्ने १३ वर्षीया अरुणा कार्की घाईते भएका थिए ।
प्राथमिक स्वास्थ्य चौकी रानीवनमा उपचारको क्रममा सर्मिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
घाईते अरुणाको उपचार भईरहेको छ भने उनको अवस्था खतरा मुक्त रहेको अस्पतालले जनाएको छ ।