सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ७ गार्मामा चट्याङ लागेर एक युवक घाईते भएका छन् । घाईते हुनेमा स्थानीय २२ वर्षीय रिन्जी फुर्वा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक राम किशोर शाहका अनुसार आज शुक्रबार साँझ अन्दाजी ५ बजे घर नजिकै वर्षात सहित परेको चट्याङ लागेर शेर्पा घाईते भएका हुन् ।
चट्याङका कारण बेहोस भएका शेर्पाको अहिले जिल्ला अस्पताल फाप्लुमा उपचार भईरहेको प्रहरीले जनाएको छ । उनी खतरा मुक्त रहेको अस्पताल श्रोतले बताएको छ ।