spot_img

सोलुखुम्बु बहुमुखीको स्ववियु समानुपातिक सदस्य मनोनयन स्थगित

spot_img

सोलुखुम्बु । सोलुखुम्बु बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको समानुपातिक सदस्य मनोनयन कार्य अनिश्चित कालका लागि स्थगित भएको छ । गत मंगलबार मनोनयनको विषयमा बैठक बसिरहेको समयमा अखिल क्रान्तिकारीका विद्यार्थीले निर्वाचन अधिकृत गंगा बहादुर राईलाई अपशब्द प्रयोग गरी दुव्र्यवहार गरेको भन्दै निर्वाचन समितिले समानुपातिक सदस्य मनोनयन अनिश्चित कालका लागि स्थगित गरेको हो ।

Advertisement

क्याम्पसको स्वतन्त्र विद्युर्थी युनियन निर्वाचन समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै अखिल क्रान्तिकारीका सुन्दर तामाङ (विजय)ले अनाधिकृत व्यक्तिसहित क्याम्पस परिसरमा प्रवेश गरी अपशब्द प्रयोग गर्दै गुण्डागर्दी शैलीमा निर्वाचन अधिकृत माथि नै दुव्र्यवहार गरेको दाबी गरिएको छ ।

Advertisement

निज सुन्दर तामाङले उक्त कार्य गरे गराए वापत आत्मा आलोचना गर्दै लिखित रुपमा माफि नमागेसम्म स्वतन्त्र विद्यार्थी युनियनका मनोनयन हुन बाँकी समानुपातिक सदस्य र सोसँग सम्बन्धित अन्य सम्पूर्ण कार्यहरु स्थागित गरिएको जानकारी गराएको छ ।

Advertisement

विज्ञप्तिमा भनिएको छ, ‘सोलुखुम्बु बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको समानुपातिक सदस्य मनोनयन गर्ने कार्य अनिश्चित कालका लागि स्थगित भएको छ । गत मंगलबार सो विषयमा बैठक बसिरहेको समयमा अखिल क्रान्तिकारीका विद्यार्थीले निर्वाचन अधिकृत गंगा बहादुर राईलाई अपशब्द प्रयोग गरी दुव्र्यहार गरेको भन्दै क्याम्पसले समानुपातिक सदस्य मनोनयन अनिश्चित कालका लागि स्थगित गरेको हो । क्याम्पसको स्वतन्त्र विद्युर्थी युनियन निर्वाचन समितिको कार्यालयले मंगलबार एक विज्ञप्ती जारी गर्दै अखिल क्रान्तिकारीका सुन्दर तामाङ (विजय)ले अनाधिकृत व्यक्तिसहित क्याम्पस परिसरमा प्रवेश गरी अपशब्द प्रयोग गर्दै गुण्डागर्दी शैलीमा निर्वाचन अधिकृत माथि नै दुव्र्यवहार गरेको दाबी गरिएको छ । विज्ञप्तीमा भनिएको छ, क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका सन्दर्भमा समानुपातिक सदस्यहरु मनोनयन गर्न मिति २०७२/१२/१४ गते दिनको २.३० बजे स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिको बैठक बसिरहेको समयमा अनेरास्ववियु (क्रान्तिकारी) का तर्फबाट समदस्य मनोनयन गर्न २ समूहबाट २ वटा सिफारिश भै आएकाले उक्त संगठनका समर्थकहरुका बीचमा विवाद सिर्जना भएको र उक्त संगठनका सुन्दर तामाङ उर्फ विजय तामाङले केही अनधिकृत व्यक्तिहरु सहित क्याम्पस परिसरमा प्रवेश गरी अपशब्द प्रयोग गर्दै गुण्डागर्दी शैलीमा अशोभनीय व्यवहार प्रदर्शन गरिरहेको समयमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिका निर्वाचन अधिकृत गंगाबहादुर राईले क्याम्पस परिसरमा अपशब्द प्रयोग नगर्न र सभ्य तथा सुसंस्कृत व्यवहार प्रदर्शन गर्न अनुरोध गर्दा निर्वाचन अधिकृतका मुखमा चोर औला ठड्याई अपशब्द प्रयोग गर्दै अपमान पूर्ण व्यवहार गरेको र टेबुल, ढोकामा लात्ताले हान्ने हान्न लगाउने विभिन्न व्यक्तिहरुलाई लछारपछार गरी आतङ्क मच्चाउने जस्ता अराजक गतिवधि गरेको, गराएको हुँदा निज सुन्दर तामाङले उक्त कार्य गरे गराए वापत आत्मा आलोचना गर्दै लिखित रुपमा माफि नमागेसम्म स्वतन्त्र विद्यार्थी युनियनका मनोनयन हुन बाँकी समानुपातिक सदस्य र सोसँग सम्बन्धित अन्य सम्पूर्ण कार्यहरु मिति २०७९ / १२ / १४ गते ५ बजेदेखि लागू हुने गरी स्थागित गरिएको व्यहोरा निर्वाचन समितिको मिति २०७९ / १२ / १४ को निर्णय अनुसार सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

यता अखिल क्रान्तीकारीका सुन्दर तामाङ विजयले भने विज्ञप्तिमा कुनै सत्यता नभएको दाबी गरेका छन् । आफ्नै संगठनको आपसी विवाद भएको सत्य भएपनि आफुले निर्वाचन अधिकृत माथी कुनै दुव्र्यवहार नगरेको दाबी गर्दै विज्ञप्तिको खण्डन गरेका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै