spot_img

सोलुखुम्बुमा लडेर २ जनाको ज्यान गयो

spot_img

सोलुखुम्बु । सोलुखुम्बुमा लडेर २ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जिल्लाको नेचासल्यान गाउँपालिका ३ की अन्दाजी ४५ वर्षीया रुद्र कुमारी कट्टेल र सोताङ गाउँपालिका ३ का अन्दाजी ३५ वर्षीय टिकाराम राई रहेका छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी प्रहरी निरीक्षक राम किशोर शाहका अनुसार रुद्र कुमारी कट्टेलको शव मंगलबार दिउँसो अन्दाजी ५ बजे नेचासल्यान गाउँपालिका ३ को कच्ची बाटो छेउमा टाउँको फुटेको अवस्थामा फेला परेको हो ।

Advertisement

उनले मादक पदार्थ समेत सेवन गरेको खुल्न आएको प्रहरीले जनाएको छ । घटनाको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । यस्तै टिकाराम राईको महाकुलुङ गाउँपालिका १ मा विजुलीको तार तान्ने क्रममा सोमबार फलामे पोल ढलेर किच्दा घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

Advertisement

राई सोही स्थानको गौरीशंखर हाईड्रोपावरमा कार्यरत्त कर्मचारी रहेको खुल्न आएको छ । घटनाको विषयमा अनुसन्धान भईरहेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै