spot_img
spot_img

हलेसी तुवाचुङको ‘च्यास्मिटार–कुर्लेघाट’ सडक कालोपत्रे हुने, मेयर राईले गरिन् शिलान्यास

spot_img

सोलुखुम्बु । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको ‘च्यास्मिटार–डिकुवा–कुर्लेघाट’ सडक कालोपत्रे हुने भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारबाट हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा हुँदै हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको वडा कार्यालय पुग्ने साँढे १० किलोमिटर सडक कालोपत्रे हुने भएको हो ।

Advertisement

तीन वडालाई जोड्ने सडक कालोपत्रे योजना सोमबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले शिलान्यास गरिन् । सडक विभागको २७ करोड ४ लाख ७५ हजार बजेटमा तीन वर्षमा सक्नेगरी फेवा पोखरा कन्स्ट्रक्सनले २०७९ माघ २० गते सडकको ठेक्का सम्झौता गरेको छ ।

कालोत्रे सडक ड्रेन सहि मिटर चौडा हुने निर्माण कम्पनीले जनाएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत च्यास्मीटारबाट सुरु हुने सडकलाई निर्धारित समयमै सम्पन्न गराउनका लागि समन्वय, सहजीकरण र खबरदारी गरिने मेयर राईले बताईन् ।

Advertisement

‘च्यास्मिटार–डिकुवा–कुर्लेघाट’ सडक नगरपालिकाभित्रको कालोपत्रे गर्न लागिएको पहिलो शाखा सडक हो । यस कारण यस सडक कालोपत्रे योजनालाई उत्साह र महत्वका हेरिएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine

भर्खरै