spot_img
spot_img

पर्यटन बोर्डको निर्णय विरुद्ध ‘सोलो ट्रेकिङ’ अनुमति दिदै खुम्बु सरकार

spot_img

सोलुखुम्बु । नेपाल पर्यटन बोर्डले बन्द गरेको ‘सोलो ट्रेकिङ’ अनुमतिको निर्णय सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा भने लागु नहुने भएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिकाले पदयात्रीहरुका लागि एक सूचना जारी गर्दै यस भेगमा ट्रेकिङ गाइड अनिवार्य नरहेको बताएको छ ।

Advertisement

यसबाट बोर्ड र स्थानीय तह पुनः एक पटक आमनेसामने भएका छन् । बोर्डले भने देशैभर लागु हुने गरी फ्रि इन्डिभिजुअल ट्रेकर (एफआईटी)लाई अनुमति नदिने निर्णय गरेको छ । यो निर्णय अप्रिलदेखि सबै पदयात्रा गन्तब्यमा अनिवार्य लागु हुने बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । तर, खुम्बु पासाङ ल्हामु गाउँपालिकले भने यसलाई अनिवार्य नरहेको बताएको छ ।

गाउँपालिकाले अनिवार्य नरहेको र उचाइमा हुने पदयात्रामा आफ्नो सुरक्षाका लागि गाइड साथमा लैजान भने आह्वान गरेको छ । बोर्डले समेत पर्यटकको सुरक्षा, खोजी र उद्दारमा सहज हुने भन्दै एकल रुपमा पदयात्रामा जान रोक लगाउने निर्णय गरेको हो ।

Advertisement

बोर्डले गरेको निर्णय अनुसार अप्रिलदेखि सबै पदयात्रीले एउटै मूल्यमा पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड बोकेर ट्रेकिङ गाइडको साथमा यात्रा गर्नु पर्नेछ । तर, खुम्बु क्षेत्रमा भने स्थानीय तह आफैंले प्रतिपर्यटक २ हजार रुपैयाँ मूल्यको ट्रेक कार्ड स्थानीय तहले उपलब्ध गराउने गरेको छ ।

यस क्षेत्रमा राष्ट्रिय निकुञ्जले समेत प्रतिपर्यटक ३ हजार रुपैयाँ शुल्क उठाउने गर्छ । खुम्बु क्षेत्रमा बोर्ड र स्थानीय तहबीच लामो समयदेखि नै विवाद रहँदै आएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine

भर्खरै