spot_img
spot_img

संकटमा मौलिक ठेकी–टोलुम, भित्रिदै रबरका सामाग्री

spot_img

सोलुखुम्बु । हरेक कुरालाई नयाँ प्रबिधिसंग जोडेर हेर्ने हाम्रो बानीका कारण काठबाट निर्मित परम्परागत ठेकी, टोलुम लगायतका सामाग्रीहरु हराउदै जान थालेको छ । नेपाली मौलिक परम्परासंगँ जोडिएको ठेकी, टोलुम हिजो आज अत्यन्त कम मात्रामा प्रयोग हुन थालेको छ ।

Advertisement

दारको काठबाट कुँदेर निर्माण गरिने ठेकी हिजो आज गाउँघरमा विरलै भेटिन्छन् । यस्ता ठेकी बिशेष गरि दहि, महि राख्न प्रयोगमा आउँछ । प्लाष्टिकका सामग्री धेरै प्रयोगमा आउन थालेपछि गाउँघरमा काठका ठेकीलोप हुन थालेको गार्माकी सुनिता मगर बताउँछिन् ।

काठबाट निर्मित ठेकीमा दुध जम्मा गर्दा छिटो जम्ने, दही स्वादिष्ट हुने पाकाहरुको अनुभव छ । तर पछिल्लो पिढीले यसको उपोगिता बुझ्न नसक्दा काठका सामाग्रीहरु रबर तथा सिलबरका भाडाकुँडाले विस्थापित गराउदै लगेको सल्लेरी थापा टोलका चन्द बहादुर थापा बताउँछन् ।

Advertisement

झट्टहेर्दा निकै रहर लाग्दा काठका भाडा कुडामा आज भोली आधुनिकताको प्रभाबमा परेको छ । कुनै मेसिनको प्रयोग नगरी हातको मेहनतबाट बनाइने ठेकी प्रति प्रयोगकर्ताको अर्कषण न्यून हुँदा ओझेलमा परेको ठेकी, टोलुम निर्माणकर्ता सोलुखुम्बु फतान्जेका बिर बहादुर मगरको भनाई छ ।

.सामग्री निर्माणकर्ताहरु पनि उत्पादन लागत अनुसारको रकम पाएमात्रै यस्ता सामान बनाउन सकिने बताउँछन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine

भर्खरै