spot_img
spot_img

सोलुखुम्बुको जनसंख्या घट्यो (पालिकागत विवरण सहित)

spot_img

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको जनसंख्या १ हजार भन्दा बढीले घटेको छ । वि.स. २०६८ सालको जनगणनाको तुलनामा २०७८ सालमा १ हजार ३५ ले जनसंख्या घटेको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ ।

Advertisement

विभागको तथ्यांक अनुसार २०६८ मा जिल्लामा ५१ हजार २ सय पुरुष र ५४ हजार ६ सय ८६ महिला गरी कुल जनसंख्या १ लाख ५ हजार ८ सय ८६ थियो भने २०७८ सालमा घटेर ५२ हजार ७ सय ४७ पुरुष र ५२ हजार १ सय ४ महिला गरी कुल जनसंख्या १ लाख ४ हजार ८ सय ५१ मा झरेको छ ।

जिल्लाको ८ स्थानीय तह मध्ये सबै भन्दा बढी जननसंख्या सोलुदुधकुण्ड नगरपालिकामा २५ हजार ६ सय ७८ रहेका छन् भने सबै भन्दा कम लिखुपिके गाउँपालिकामा ५ हजार ३ सय ३४ रहेको तथ्यांकमा उल्लेख छ ।

Advertisement

यस्तै थुलुङ दुधकोशी गाउँपालिकामा १८ हजार ३ सय ५४, नेचासल्यान गाउँपालिकामा ११ हजार ३ सय ८१, सोताङ गाउँपालिकामा ९ हजार २५, महाकुलुङ गाउँपालिकामा ११ हजार ८ सय ४७, माप्यदुधकोशी गाउँपालिकामा १२ हजार ६ सय ४८ र खुम्बु पासाङ ल्हामु गाउँपालिकामा ८ हजार ७ सय २० रहेको विभागका जनगणना शाखा अधिकृत दिननाथ लम्सालले बताए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine

भर्खरै