spot_img

सगरमाथाको जिल्ला सोलुमा भारतीय तरकारीको प्रभुत्व !

spot_img

सोलुखुम्बु । सगरमाथाको जिल्ला सोलुखुम्बु तरकारीमा परनिर्भर बनेको छ । जिल्लामा खपत हुने झण्डै ९० प्रतिशत तरकारी भारत तथा तराईका जिल्लाहरुबाट आयत हुने गरेको पाइएको हो । जिल्ला सदरमुकाम सल्लेरी, नेचासल्यान, थुलुङ दुधकोशी, सोताङ, महाकुलुङ, खुम्बु क्षेत्रका स्थानीय हटिया तथा तरकारी पसलमा बाहिरी जिल्लाबाट आयत गरिएको तरकारी कै बढी प्रभुत्व रहेको छ ।

Advertisement

पछिल्लो समय जिल्लामा तरकारी आयात दोब्बरले बढेको तरकारी व्यवसायी सुरज बस्नेतले बताए । उनले भने,‘स्थानिय उत्पादन कम छ, तरकारी खाने मान्छेको संख्या बढी छ बाहिरबाट आयात गर्नुको विकल्प छैन ।’ केहि मात्रामा काठमाण्डौको कालीमाटीबाट र बढी मात्रामा तराईका जिल्लाबाट अहिले ट्रकका ट्रक तरकारी जिल्ला आउने गरेको व्यापारीहरु बताउँछन् ।

Advertisement

तराईबाट आउने तरकारीमा जुकुनी, फर्सी, सिमि, टमाटर, प्याज, लगायतका रहेको व्यवसायी महेश अधिकारी बताउँछन् । जिल्लामा खेतीयोग्य जमिन बाँझिदै गएको छ भने तकारी उत्पादनमा परनिर्भर हुने क्रम बढिरहेको स्थानीय बताउँछन् ।

Advertisement

गाउँघरका पसलमा पहिला स्थानिय उत्पादनले भरिभराउ हुन्थ्यो तर अहिले बाहिरबाट आएका तरकारीहरु बढी मात्रामा बिक्री हुने गरेको सल्यानकी बबिता कार्कीले बताईन् ।

उनले भनिनु,‘अहिले तरकारी सबै बाहिरबाट आउँछ, यहाँ बस्ने कर्मचारी कामदार सबैले बाहिरको तरकारी प्रयोग गर्छन ।’ जिल्लाका धेरै जसो स्थानीय तहले स्थानीय उत्पादनलाई बढवा दिन भन्दै विभिन्न कृषिआयामका काम गरिरहेका छन् । तर प्रतिफल भने सन्तोषजनक नदेखिएको व्यवसायी तिलक राईले गुनासो गरे ।

‘कृषिमा अनुदान आउँछ तर झोले किसानले कागजी भरमा खान्छ, उतपादनशिल क्षेत्रमा प्रयोग हूँदैन यही अवस्था रहीरहे अब सोलुखुम्बुले तरकारी उत्पादनको साख गुमाउने निश्चित छ’, उनले भने । जिल्लाका अधिकांश उर्वरभुमी अहिले बाँझै छन् ।

काम गर्ने जनशक्ति नहुनु र व्यवसायी रुपमा तरकारी उत्पादन गर्नेको संख्या न्युन हुनु यसको कारक रहेको व्यवसायीहरु बताउँछन् । स्थानिय तहको प्राथमिकतामा कृषि परेपनी ९० प्रतिशत तरकारी बाहिरबाट आयात हुनु दुखद पक्ष रहेको स्थानिय सुरेश खड्काले बताए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै