spot_img
spot_img

कोकोमेन्दो तामाङ गुठीद्वारा संकलित रकम पीडितलाई हस्तान्तरण – सत्य प्रेस

spot_img

सोलुखुम्बु । कोकोमेन्दो तामाङ सेवा समाज सल्लेरी सोलुखुम्बुले संकलन गरेको झण्डै साडे ३ लाख रुपैयाँ रकम पीडितलाई हस्तान्तरण गरिएको छ । गत माघ २९ गते दिउँसो भएको आगलागीमा घर गुमाएका बुद्धराज तामाङसहित ३ परिवारलाई समाजले संकलन गरेको ३ लाख ४९ हजार ६५५ रुपैयाँ सहयोग रकम आज शुक्रबार हस्तान्तरण गरिएको हो ।

Advertisement

संकलित सहयोग रकम आगोले घरसहित सबै धनमाल गुमाएका बुद्धराज तामाङलाई २ लाख ९९ हजार ६५५, आंशिक क्षति भएका ल्हाक्पा तामाङलाई ४० हजार र जित बहादुर तामाङलाई १० हजार हस्तान्तरण गरिएको समाजका अध्यक्ष सनी तामाङलेब बताए ।

घटना भएदेखि नै समाजसेवी सारदा माया तामाङसहित समाजका सदस्यहरुले सुरु गरेको आर्थिक संकलन अभियानमा जिल्लाका विभिन्न व्यक्तिहरुले स्वच्छिक सहयोग गरेको बताइएको छ ।

Advertisement

जसबाट पीडितलाई सामान्य भएपनि राहत पुग्ने कोकोमेन्दो तामाङ सेवा समाजले विश्वास लिएको छ । विद्युत सर्ट भएर सुरु भएको आगोले बुद्धराजको घरसहित सबै धनमाल जलेर नष्ट हुँदा २७ लाख बराबरको क्षति भएको थियो भने नजिकै रहेको अन्य घरमा समेत आंशिक क्षति पुगेको थियो ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine

भर्खरै