spot_img
spot_img

खुम्बुमा सडक खन्ने क्रममा शेर्पाको खुट्टा चुँडियो !

spot_img

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका १ थामडाँडामा सडक खन्ने क्रममा आएको पहिरोमा पुरिएर एक कामदार गम्भीर घाईते भएका छन् ।

Advertisement

घाईते हुनेमा ओखलढुंगाको खिजिफलाटेका २४ वर्षीय पेम्बा नुरी शेर्पा रहेको वडाध्यक्ष फुनुरु शेर्पाले जानकारी दिए । उनका अनुसार थामडाँडा हुँदै लुक्ला जोड्ने सडक खन्ने क्रममा माथिबाट आएको पहिरोले पुरिदा पेम्बा नुरीको दाहिने खुट्टा नै चुँडिएको छ भने शरिरको अन्य भागमा पनि चोट लागेको छ ।

उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि वडाध्यक्ष फुनुरु शेर्पाले सिम्रिक एयरको हेलिकप्टर मार्फत उद्धार गरी काठमाण्डौँ पठाएका छन् ।

Advertisement

थामडाँडा हुँदै गाउँपालिका केन्द्र लुक्ला जोड्ने सडक खन्ने क्रममा विस्फोटक पदार्थ पड्काएर काम गर्दै गर्दा घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine

भर्खरै