spot_img
spot_img

खुम्बुमा मृत्यु भएका विदेशी पर्यटकको शव हेलिकप्टर मार्फत उद्धार

spot_img

सोलुखुम्बु । सगरमाथा क्षेत्रमा लेक लागेर मृत्यु भएका एक विदेशी पर्यटकको शव काठमाण्डौँ लगिएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्सेपमा सोमबार राति मृत्यु भएका स्लोभाकियाका ६८ वर्षीय आर्क जान्कोको आज बुधबार हेलिकप्टर मार्फत काठमाण्डौँ लगिएको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी रामकिशोर शाहका अनुसार उनको शव पोष्ट मार्टमका लागि काठमाण्डौँको शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । खुम्बु क्षेत्रमा लगातार हिमपात भएकाले मंगलबार शव उद्धारमा समस्या भएको थियो ।

बुधबार मौसममा सुधार आएसँगै शव उद्धार भएको प्रहरी निरीक्षक शाहले बताए । जान्को ट्रेडिसनल एड्भेन्चर मार्फत हिमाल आरोहणका लागि खुम्बु आएका थिए ।

Advertisement

सोमबार गोरक्सेपको हिमालयन होटलमा बास बसेका जान्को सुतेकै अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । १३ जनाको समूहमा आएका उनी चैत्र १ गते नाम्चे प्रवेश गरेका थिए ।-फायल फोटो

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine

भर्खरै