spot_img
spot_img

केरामा देखिएको प्रकोपका कारण देउसाका किसान चिन्तित

spot_img

सोलुखुम्बु । केरामा देखिएको प्रकोपका कारण सोलुखुम्बु देउसाका किसान चिन्तित बनेका छन् । व्यावसायिक रूपमा गरिएको केरा खेती पछिल्लो समय अज्ञात रोगका कारण मासिदै जान थालेपछि किसानमा चिन्ता थपिएको हो । थुलुङ दुधकोशी गाउँपालिका ७ देउसाका अग्नी राईले करिब १५ रोपनी क्षेत्रफलमा केरा खेती गरेका छन् ।

Advertisement

विगत लामो समयदेखि केराखेती गर्दै आएका राई पछिल्लो समय केरामा देखिएको बोट पहेलो हुने प्रकोपका कारण चिन्तित छन् । किसानले अहिले केराको बोट पहेलो हुने र विस्तारै विरुवा नै मासिदै जाने प्रकोपको सामना गरिरहेका छन् । उपचार गर्दा समेत नियन्त्रण हुन नसक्दा केरा खेतीबाट नै पलायन हुने अवस्थामा पुगेको किसान बताउँछन् ।

जिल्लामा हाल करिब ४ हेक्टर क्षेत्रफलमा लगाईरहेको केराले उत्पादन दिइरहेको कृषि ज्ञान केन्द्रको तथ्यांक छ । थुलुङदुधकोशीको देउसालाई केरा उत्पादन हिसाबले जिल्ला राम्रो क्षेत्र मानिन्छ । तर अहिले बोट पहेलो हुने प्रकोपले केराको विरुवा नै मासिदै गएपछि अन्यौलमा परेको थुलुङ दुधकोशी गाउँपालिका ८ देउसाकी सुकुमाया राईको भनाई छ ।

Advertisement

व्यावसायिक केरा खेतीमा लागेका किसानलाई अप्रत्यासित रूपमा केरामा देखिएको रोगले चिन्तित बनाएको छ । यसको नियन्त्रणका लागि स्थानीय तह लागि परेको गाउँपालिकाका बाली विकास अधिकृत डिल्लुनाथ योगी बताउँछन् ।

तर थुलुङ दुधकोशीमा रसायनिक विषादी प्रयोग गर्न प्रतिबन्ध लगाइएकाले जैविक विषादी तयार गर्ने योजनामा रहेको उनको भनाई छ । व्यावसायिक केरा खेतीमा त्यो पनि उत्पादन लिने बेला देखिएको रोगले किसान मर्कामा परेका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine

भर्खरै