spot_img
spot_img

एभोकाडो खेतीमा रमाउँदै सोलुका किसान

spot_img

सोलुखुम्बु । पोषिलो र बहुउपयोगि फलको रुपमा परिचित एभोकाडो अर्थात घिउ फलको माग नेपाली बजारमा उच्च भएपनि उत्पादन भने सिमित छ । संसारभर लोकप्रियता आकाशिँदो रहेको यस फलको खेती तर्फ सोलुका किसान अग्रसर देखिएका छन् ।

Advertisement

जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ८ देउसाका केशव राईले ५ वर्षअघि विस्तार गरेको एभोकाडो अर्थात घिउ फलको विरुवाले अहिले उत्पादन दिन थालेको छ । परिक्षणका लागि रोपेको एभोकाडोको विरुवाले अहिले राम्रो उत्पादनसँगै आम्दानी दिन थालेपछि राई निक्कै दंग छन् ।

कृषि ज्ञान केन्द्र सोलुखुम्बुले करिब २ वर्ष अघि देउसा क्षेत्रमा १२ सय ५० बोट एभोकाडोको विरुवा वितरण गरेको थियो । ति विरुवाहरु अहिले हुर्किरहेको कृषकहरु बताउँछन् । जिल्लामा हाल १३ सय बोट जति एभोकाडोको विरुवा हुर्किरहेको ज्ञान केन्द्रको अनुमान छ ।

Advertisement

बलौटे माटोमा खेती गर्न सकिने एभोकाडो जिल्लाकोे थुलुङ दुधकोशी, नेचासल्यान, सोलुदुधकुण्ड लगायतको क्षेत्रमा लगाउन सकिने कृषि प्राविधिकहरु बताउँछन् । करिब ५ वर्ष अघि रोपेको विरुवा अहिले राम्रो आम्दानीको श्रोत बन्न थालेको नेचासल्यान ४ सिरान्देलकी शान्ती राईको भनाई छ ।

बातावरणीय हिसाबमा समेत बाह्रै महिना हरियो रहने भएकोले यसलाई कार्बन नियन्त्रणमा निकै फाइदाजनक मानिन्छ । एभोकाडो खेती पनि अरू बालीको तुलनामा निकै सजिलो र लागत कम हुने भएकोले कृषकका लागि पनि यो निकै फाइदाजनक साबित भएको छ ।

बजारमा यसको माग उच्च रहेकाले कृषिबाटै आम्दानी लिन चहानेहरुका लागि यस फलको खेती उपयुक्त हुने कृषि ज्ञान केन्द्रका सुचना अधिकारी एवं कृषि प्रसार अधिकृत कुल बहादुुर राई बताउँनुहुन्छ ।

पहाडी भेगमा रहेको पाखो तथा खेती गर्न नसकिने जमीनले पनि अबको दिनमा करोडौंको आम्दानी दिन्छ भन्ने उदाहरण बनेको छ । एभोकाडोलाई त्यतिकै खान पनि सकिन्छ भने धेरै उत्पादन भए क्रिम, बटर, तेल, मायोनेज सस, वाइन लगायतका भ्यालुएडेड चिजहरू बन्छ । नेपालमा फैलिँदै गरेको यो बालीले नयाँ प्राविधिक उत्पादनको आहृवान गरिरहेको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine

भर्खरै