spot_img

गार्माका कृषकलाई वडाले निशुल्क तरकारीको विरुवा वितरण गर्ने

spot_img

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ७ गार्माले कृषकहरुलाई निशुल्क तरकारीको विरुवा वितरण गर्ने भएको छ ।

Advertisement

वडाका कृषकहरुलाई तरकारी खेतीमा थप प्रोत्साहित गर्ने उदेश्यका साथ आगामी बुधबार काउली र बन्दाको विरुवा वितरण गर्ने कार्यक्रम रहेको वडा कार्यालयले जनाएको छ ।

Advertisement

कार्यालयले गार्मा माविको प्राविधिक सहयोगमा उत्पादन गरेको बेर्ना इच्छुक कृषकहरुलाई वितरण गर्ने वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले बताए ।

Advertisement

कृषकहरुलाई विउ मात्रै उपलब्ध गराउदा कतिपय अवस्थामा प्राविधिक ज्ञान कम हुने विउ नउम्रने तथा सोचे जस्तो गरी बेर्ना तयार नहुँने भएकाले गार्मा माविको कृषि धारका शिक्षकहरुसँग सहयोगमा बेर्ना तयार गरिएको वडाध्यक्ष शेर्पाले बताए ।

जसबाट तरकारी उत्पादनमा थप टेवा पुग्ने वडाको विश्वास छ । हाल गार्मामा उत्पादन भएको तरकारीले सदरमुकाम लगायतका क्षेत्रलाई धानिरहेको छ । तरकारी उत्पादनलाई थप बृद्धि गर्न सके कृषकको आयआर्जनमा समेत बृद्धि हुने वडाध्यक्ष शेर्पाको भनाई छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै