spot_img

सोलुखुम्बु बहुमुखी स्ववियु : नेविसंघ र आखिल क्रान्तिकारीको संयुक्त प्यानलको जित

spot_img

सोलुखुम्बु । सोलुखुम्बु बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)मा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल नै भारी मतका साथ विजयी भएका छन् ।

Advertisement

आज आईतबार भएको मतदानमा अध्यक्षसहित सबै पदाधिकारीमा संयुक्त गठबन्धनका उम्मेद्वारहरु भारी मतान्तरका साथ निर्वाचित भएका हुन् । अध्यक्षमा नेविसंघकी सरिता राई १८५ मतका साथ विजयी हुँदा उनका टिकटतम प्रतिस्पर्धी अनेरास्ववियुका नरेन्द्र कुलुङले ५९ मत प्राप्त गरे ।

Advertisement

सचिवमा अखिल क्रान्तिकारीका गणेश थापा १७८ मतका साथ विजयी हुँदा निकटतम प्रतिस्पर्धी पासाङ काजी तामाङले ५३ मत प्राप्त गरेका छन् । यस्तै कोषाध्यक्षमा नेविसंघकी देविकला राईले १७६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी अनेरास्ववियुकी सजिना प्रधानले ५६ मत प्राप्त गरेका छन् ।

Advertisement

सदस्यहरुमा पनि सबै नेविसंघ र अखिल क्रान्तिकारीकै उम्मेद्वारहरु विजयी छन् । माथिल्लो सगरमाथाकै जेठो शैक्षिक संस्था उक्त क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल तथा अखिल र समाजवादी विद्यार्थी संगठनको संयुक्त प्यानल चुनावी मैदानमा होमिएका थिए । कुल मतदाता ४२५ मध्ये २४७ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै