सोलुखुम्बु । माथिल्लो सगरमाथाका जिल्लाका लागि ओखलढुंगाबाटै सवारी चालक अनुमतिपत्र लाईसेन्सको ट्रायल लिन थालिएको छ । ओखलढुंगाको रुम्जाटरमा स्थापना गरिएको यातायात ब्यवस्था कार्यालयमा आज आईतबारबाट ट्रायल लिन थालिएको हो ।

ट्रायल सेवाको कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आईतबार उदघाटन गरे । उद्घाटनपछि बोल्दै मुख्यमन्त्री कार्कीले अब नागरिकलाई घर आगनमै सेवा दिने गरी सेवा सुरु भएकाले सकेसम्म सुविधा लिन नागरिकलाई आग्रह गरेका छन् ।

सवारी लाइसेन्स, दर्ता, नविकरण लगायतका सबै काम ओखलढुंगाबाट हुने गरी कार्यालय स्थापना भएपछि यस क्षेत्रका सेवाग्राहीलाई सहज भएको छ । यसअघि यातायात सम्बन्धी सामान्य कामका लागि पनि प्रदेश नम्बर २ को लहान वा संघिय राजधानी काठमाडौं पुग्नुपर्ने बाध्यता थियो ।
ओखलढुंगामा यातायात कार्यालय सञ्चालन भएपछि ओखलढुंगा, सोलुखुम्बु, खोटाङ र उदयपुरका नागरिकको वर्षौदेखिको बाध्यता हटेको छ । कार्यक्रममा यातायात ब्यवस्था कार्यालयका कर्मचारी, जनप्रतिनिधि स्थानीय लगायतको उपस्तिथिती थियो ।