spot_img

सोलुखुम्बुमा भिरबाट लडेर राईको ज्यान गयो

spot_img

सोलुखुम्बु । सोलुखुम्बुमा भिरबाट लडेर एक युवकको ज्यान गएको छ । ज्यान गुमाउनेमा जिल्लाको माप्यदुधकोशी गाउँपालिका ३ खास्तापका ३५ वर्षीय अमृत राई रहेका छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी प्रहरी निरीक्षक राम किशोर शाहका अनुसार राई गत शुक्रबार घरबाट कसैलाई जानकारी नगराई हिडेका थिए ।

Advertisement

उनलाई आज शनिबार सोही स्थानको दयाखोप भिरबाट लडेर मृत्यु भएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । दयाखोप भिरबाट लडेका राईको शव करिब १५० मिटर तल चेम्सी खोलामा स्थानीयले फेला पारी प्रहरीलाई खबर गरेका थिए ।

Advertisement

निजको मानसिक सन्तुलन ठिक नभएको पारिवारिक श्रोतले बताएको छ । घटनाको कानुनी प्रकृया पुरा गरि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै