spot_img

मेन्दोपाके–सेकार्सिङ सडक स्तरउन्नतीको शिलन्यास

spot_img

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका ७ गाार्माको मेन्दोपाकेदेखि सेकार्सिङ सम्मको सडक स्तरउन्नतीको शिलन्यास गरिएको छ । नगरपालिकाको ३५ लाखको लागतमा उक्त योजनाको आज (शुक्रबार) नगरप्रमुख नाम्गेल जाङबु शेर्पा, उपप्रमुख गान्धी माया तामाङसहितको उपस्थितीमा शिलन्यास गरिएको हो ।

Advertisement

मेन्दोपाके देखि घुन्सा–लाप्चे हुँदै सेकार्सिङ जोडने उक्त सडकको करिब २ किलो मिटर सडक उक्त योजनाबाट स्तरउन्नती हुने वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले बताए । सडक स्तरउन्नती भएसँगै सो क्षेत्रका नागरिकहरुलाई वर्षातको समयमा पनि सवारी सञ्चालन गर्नमा सहज हुने वडाध्यक्ष शेर्पाको विश्वास छ ।

Advertisement

रातो माटो भएका कारण सो क्षेत्रको सडकमा हिउँदमा समेत सवारी सञ्चालन गर्न समस्या रहेकाले स्तरउन्नती गर्न लागिएको वडा कार्यालयले जनाएको छ ।

Advertisement

स्तरउन्नीमा सोलिङ, आवश्यक ठाउँमा ग्याभिङ तथा ड्रेनको व्यवस्थापन रहेको उपभोक्ता समितिका अध्यक्ष रुद्र खत्रीले बताए । शिलन्यास कार्यक्रममा उपभोक्ता समितिका सचिव मिङमार शेर्पा, कोषअध्यक्ष नबिना विश्वकर्मा लगायतको उपस्थिती थियो ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै