spot_img

बी.पी.संस्कृत विद्यापिठ सल्यानमा नेविसंघको ताला

spot_img

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ स्थित बी.पी. कोईराला संस्कृत विद्यापिठको कार्यालयमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले तालाबन्दी गरेकोे छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रकृया प्रति असहमती जनाउँदै नेविसंघले मंगलबार कार्यालयमा तालाबन्दी गरेको हो ।

Advertisement

क्याम्पसको स्ववियू अध्यक्षमा अखिल क्रान्तिकारीका मोहन बस्नेत, सदस्यमा अखिल क्रान्तिकारीकै पवित्रा बर्देवा र अनेरास्ववियुकी गंगा निरौला सर्वसम्मत भएका थिए । सो विषयमा असहमती जनाउँदै नेविसंघले कार्यालयमा ताला लगाएको हो ।

Advertisement

क्याम्पस प्रशासन, अनेरास्ववियु र अखिल क्रान्तिकारीले नेविसंघलाई बाईपास गरि अघि बढेको नेविसंघले आरोप लगाएको छ । नेविसंघका उम्मेद्वारलाई करार जागिरको बहाना बनाई अयोग्य बनाएर नाटकिय ढंगबाट अवैधानिक ढंगबाट अनेरास्ववियू र अखिल क्रान्तिकारीलाई सर्वसम्मत बनाएको उसको दाबी छ ।

Advertisement

साथै विधि र प्रकृयाबाट स्ववियू निर्वाचन नगराए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी समेत दिइएको छ । यता निर्वाचन मण्डलले भने नेविसंघका अध्यक्षसहित अन्य दुई सदस्यको उम्मेद्वार कर्मचारी भएकाले सोतह खारेज भएकाले अखिल क्रान्तिकारीबाट अध्यक्ष र एक सदस्य तथा अनेरास्वव्यूबाट एक सदस्य गरि ३ जनासर्वसम्मत भएको बताएको छ ।

विधान अनुसार ५० जना भन्दा कम विद्यार्थी संख्या भएको क्याम्पसमा ७ सदस्यीय स्ववियू कार्यसमिति हुने छ । अब बाँकी ४ सदस्यका लागि चैत्र ५ गते निर्वाचन हुने निर्वाचन मण्डलले जनाएको छ ।

बीपी कोईराला संस्कृत विद्यापिठको स्ववियू निर्वाचनमा कांग्रेस सम्बद्ध विद्यार्थी युनियन नेविसंघ विरुद्ध एमाले सम्बद्ध अनेरास्वयू र माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीको संयुक्त प्यानल चुनावी मैदानमा छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै