spot_img

सोताङमा मृत भेटिएका राईको सनाखत हुन सकेन

spot_img

सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका ३ सोहरामा मृत भेटिएका पुरुषको सनाखत हुन नसक्दा पोष्टमार्टममा समस्या भएको छ । गत आईतबार मृत भेटिएका अन्दाजी वर्ष ३५ का सुमेन्द्र राईको आफन्त सम्पर्कमा नआउँदा पोष्टमार्टममा समस्या भएको प्रहरीले जनाएको छ ।

Advertisement

उनको शव मुखबाट रगत बगेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक राम किशोर शाहका अनुसार मृतको साथमा भेटिएको कोरोना खोप कार्डमा निजको ठेगाना भारतको दार्जलिङ कुर्सुङ १५ घर नं.२५ भएको खुलेको खुलेको छ ।

Advertisement

यद्यपी सो ठेगानामा सुमेन्द्र राई नाम गरेका व्यक्ति नभएको भारतिय प्रहरीले बताएको छ । शव अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुको शव गृहमा राखिएको छ ।

Advertisement

मृतकको हालसम्म सनाखत हुन नसकेकाले आफन्तले प्रहरी कार्यालयको सम्पर्क नम्बर ९८५२८९०१९९, ९८५२८९०४६७ वा १०० मा सम्पर्क गरि जानकारी गराई दिन हुन प्रहरीले अनुरोध गरेको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै