spot_img

सोलुमा ब्लड बैङ्क स्थापना गर्न कार्यदल गठन

spot_img

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा ब्लड बैंक स्थापनाका लागि कार्यदल गठन गरिएको छ । आज(मंगलबार) जिल्ला प्रशासन कर्यालय सोलुखुम्बुमा जिल्ला बसेको विपत व्यवस्थापन समितिको बैठकले प्रमुख जिल्ला अधिकारी (सिडिओ) बसन्त भट्टराईको संयोजकत्वमा ११ सदस्यीय अध्ययन कार्यदल गठन गरेको हो ।

Advertisement

गठित कार्यदलले ब्लड बैंक स्थापनाका लागि सम्भाव्यता अध्ययन गरि १० दिन भित्र समितिलाई प्रतिवेदन गर्ने जिम्मेवारी पाएको छ । कार्यदलमा जिल्ला जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, स्थानीय तह, सुरक्षा निकाय, रेडक्रस, विभिन्न संघ संस्था लगायतका प्रमुख तथा प्रतिनिधिहरु सदस्य रहेका छन् ।

Advertisement

जिल्लामा ब्लड बैंक नहुँदा रगत आवश्यक विरामीहरुले वेहोर्नुपरेको सास्तीलाई ख्याल गर्दै बैंक स्थापना गर्न लागिएको कार्यदलका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले बताए ।

Advertisement

सोही बैठकले बढ्दो आत्महत्या रोकथामका लागि पालिका तथा वडा स्तरबाटै विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, आगलागी नियन्त्रणका लागि आवश्यक सामाग्रीहरु राष्ट्रिय विपत न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण काठमाण्डौँसँग माग गर्ने, आगलागीबाट पुर्ण रुपमा नष्ट भएका घर निर्माण गर्न स्थानीय र प्रदेश सरकार तथा प्राधिकरणसँग अनुदान माग गर्ने लगायतको निर्णय गरेकोे छ ।

बैठकमा खुम्बु पासाङ ल्हामु र नेचासल्यान बाहेक जिल्लाका सबै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिको उपस्थिती थियो ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै