spot_img

खोटाङको कालिका भगवती वनमा फैलिएको डढेलो नियन्त्रणमा

spot_img

सोलुखुम्बु । खोटाङको रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीकोे कालिका भगवती सामुदायिक वनमा लागेको डढेलो करिब ३ दिनपछि नियन्त्रणमा आएको छ ।

Advertisement

गत शनिवार दिउँसोदेखि सुरु भएको डढेलो वर्षातपछि सोमबार साँझबाट पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

Advertisement

कार्यालयका प्रहरी निरीक्षक एवं सुचना अधिकारी रोमन अर्यालका अनुसार मानविय प्रयासबाट नियन्त्रणमा आउन नसकेको भिषण डढेलो सोमबार वर्षात भएपछि नियन्त्रणमा आएको हो ।

Advertisement

झण्डै पाँच सय हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनमा डढेलोबाट बोट विरुवा तथा वन्यजन्तुमा भएको क्षतिकोे विवरण संकलन भईरहेको सुचना अधिकारी अर्यालले बताए । बस्ती नजिक फैलिएको डढेलोका कारण आईतबार रातभर स्थानीयबासी जाग्राम बसेका थिए ।

धारापानी, कोटडाँडा, मण्डलीछाप र आतमाराका स्थानीय बासिन्दा रातभर आ–आफ्नो टोलको संरक्षणमा रातभर जुटेको वडा सदस्य महेश बोगटीले जानकारी दिए । डढेलो कसले लगाएको भन्ने खुल्न सकेको छैन ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै