spot_img

सिन्धुली बस दुर्घटना अपडेट : दुर्घटनामा को-को परे ? (नामसहित)

spot_img

सोलुखुम्बु । मध्यपहाडी लोकमार्ग अन्तरगत सिन्धुलीको फिक्कल गाउँपालिका ४ कुईभिरको बस दुर्घटनामा मृत्यु भएका सबै ६ जनाकै सनाखत भएको छ ।

Advertisement

मृत्यु हुनेमा बसका सहचालक मानेभन्ज्याङ गाउँपालिका–६ ओखलढुङ्गाका २४ वर्षीय देवबहादुर सार्की, सिद्धिचरण नगरापालिका–३ ओखलढुङ्गाका ३२ वर्षीय पेशल भुजेल, उदयपुर कटारी नगरपाालिका–२ की ३५ वर्षीय कुमारी क्याप्छाकी मगर, ओखलढुंगा सिद्धिचरण नगरपालिका–५ की जोशना राई, ओखलढुङ्गा चिसंखगुढी गाउँपालिका–४ का संन्जित राई र ओखलढुंगा सिद्धिचरण नगरपालिका–५ की राधा भुजेल रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Advertisement

कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) चिरणजिवी दाहालका अनुसार दुर्घटनामा अन्य ३० जना घाईते भएका छन् । जसमा १६ जनालाई थप उपचारका लागि काठमाण्डौ लगिएको छ भने अन्यको खुर्कोटकै अस्पतालमा उपचार भईरहेको छ ।

Advertisement

गम्भीर घाईते मध्ये ३ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । आईतबार ओखलढुंगाको रुम्जाटारबाट काठमाण्डौका लागि छुटेको बा २ ख ६५९६ नम्बरको बस सिन्धुलीको फिक्कल गाउँपालिका ४ कुईभिरमा दुर्घटना भएको हो ।

३६ जना यात्रु बोकेर तिब्र गतिमा गुडिरहेको बस आफैँ अनियन्त्रित भई सडकको भित्तामा ठोकिएर दुर्घटना भएको सिन्धुली प्रहरीले जनाएको छ ।
घाईतेहरुको विवरण
घाईतेहरुको सुनकोशी सामुदायिक अस्पताल र शुभ जिवन अस्पताल खुर्कोटमा ल्याई उपचार भई रहेको ।
१) सवार जिल्ला ओखलढुङ्गा मोलुङ गा.पा. ५ बस्ने बर्ष २० को एकराज तामाङ
२) ऐ. शिद्दिचरण न. पा. ४ बस्ने बर्ष तेज कुमार श्रेष्ठ
३) ऐ.वडा न. ५ बस्ने बर्ष ३९ को खेम प्र दाहाल
४) ऐ. मानेभन्झ्याङ गा.पा. ४ बस्ने वर्ष १२ को पुकार राई
५) ऐ. ऐ. बस्ने वर्ष १८ को अर्पणा राई
६) जिल्ला सोलु जुगु गा.पा. घर बताउने बर्ष २१ की शान्ता सेन्चुरी (७) जिल्ला ओखलढुङ्गा शिद्दिचरण न.पा. १२ बस्ने बर्ष २१ की भानुलक्ष्मी गौरी
८) जिल्ला महोत्तरी रामगोपालपुर न.पा. ८ बस्ने वर्ष ४१ को राज किशोर महाराज चमार
९) जिल्ला तनहुँ भिमाद २ बस्ने बर्ष ३४ को राजेश राना (नेपाली सेनाको स्टाफ) (नेपाल आर्मी ओखलढुङ्गामा कार्यरत)
१०) जिल्ला ओखलढुङ्गा मोलुङ गा.पा. ६ बस्ने वर्ष ४३ को लोक बहादुर र बिश्वकर्मा
११) जिल्ला बर्दिया बारा बर्दिया न.पा. ५ बस्ने बर्ष ३४ की निरु चौधरी ढाडमा चोट अवस्था मध्यम (आर्मीको स्टाफ)
१२) जिल्ला ओखलढुङ्गा मामखा वडा न. ७ बस्ने बर्ष ३८ को एक बहादुर राई १३) जिल्ला भक्तपुर सुर्यबिनायक न.पा. वडा न. ४ बस्ने बर्ष २६ की ज्योती प्रजापती टाउकोमा चोट अवस्था सामान्य
१४) जिल्ला काठमाण्डौं महालक्ष्मी न.पा. १५ बस्ने वर्ष ४४ को महेश श्रेष्ठ १५) वतन नखुलेको बर्ष ४२ की सारदा श्रेष्ठ टाउकोमा चोट अवस्था सामान्य
१६) जिल्ला ओखलढुङ्गा रुम्जाटार न.पा. ४ बस्ने बर्ष २६ को ध्रुव भुजेल शरीरको बिभिन्न भागमा चोट
१७) ऐ. मानेभञ्ज्याङ न.पा. वडा न. ६ बस्ने बर्ष ३८ को दिपासेर राई १८) ए. ऐ. ७ बस्ने वर्ष १७ को भुपेन्द्र धमला हात खुट्टामा चोट अवस्था मध्यम
१९) जिल्ला सिन्धुली फिक्कल गा.पा. वडा न. बस्ने वर्ष ३० को ढुण्डिराज सुनुवार हात खुट्टामा चोट अवस्था मध्यम २०) जिल्ला सिन्धुली न.पा. १३ बस्ने बर्ष १९ की एलिसा गिरी शरिरको विभिन्न भागमा चोट अवस्था सामान्य
२१) जिल्ला सिन्धुली न.पा. १३ बस्ने वर्ष २५ को प्रदिप सुबेदी शरिरको विभिन्न भागमा चोट अवस्था सामान्य
२२) जिल्ला ओखलढुङ्गा मानेभन्झ्याङ न. पा. वडा नं. ४ बस्ने वर्ष ५ की दिविका राई (अनुहारमा चोट मध्यम
२३) ऐ.ऐ.बस्ने बर्ष ३ को मिशन राई
२४) जिल्ला सोलु दुधकुण्ड न.पा बस्ने बर्ष ३५ को लेख व भुजेल २५) जिल्ला ओखलढुङ्गा मानेभञ्ज्याङ गा.पा. ६ बस्ने बर्ष २४ की श्रीदेवी राई ( टाउकोमा चोट अवस्था गम्भिर २६) जिल्ला ओखलढुङ्गा रुम्जाटार न.पा. ९ बस्ने बर्ष २० को राजन बस्नेत खुट्टामा चोट अवस्था मध्यम
गम्भिर घाईते तर्फः– १) जिल्ला सोलु जुगु गा.पा.बस्ने शान्ता सेन्चुरीको छोरा बर्ष ३ को सनिम शेन्चुरी
लगायत अन्य २ जना नाम नखुलेको १ पुरुष र १ महिला रहेको।
मृतकतर्फ ः–
१) जिल्ला ओखलढुङ्गा मानेभन्झ्याङ गा.पा. वडा न. ६ बस्ने वर्ष २४ को देव बहादुर सार्की (सह चालक)
२) ऐ. सिद्दिचरण न.पा. ३ बस्ने वर्ष ३०÷३२ को पेशल भुजेल
३) जिल्ला उदयपुर कटारी न.पा. २ बस्ने अम्बर बहादुर क्याप्छाकी मगरको श्रीमती वर्ष अं.३४÷३५ की कुमारी क्याप्छाकी मगर
अन्य मृतकको हालसम्म सनाखत हुन नसकेको पुरुष १ महिला २ जना

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै