spot_img

सोलुखोला दुधकोशी जलविद्युतको प्रधानमन्त्री प्रचण्डले गरे उद्घाटन

spot_img

काठमाण्डौँ । निजी क्षेत्रको लगानीमा हाल सम्मकै ठूलोे ८६ मेगावट क्षमता सोलुखोला दुधकुुकोशी जलविद्यूत आयोेजनाको उद्घाटन गरिएको छ । साहस उर्जा कम्पनी लिमिटेडले सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ११ तिङला र थुलुङ दुधकोशी गाउँपालिका ३ पञ्चनमा निर्माण सम्पन्न गरेको उक्त आयोजनाको मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाण्डौमा उद्घाटन गरेका हुन् । काठमाण्डौँको कालिमाटी स्थित सोल्टी होटलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले ताम्रपत्र पढेर भिडियो मार्फत आयोजनाको उद्घाटन गरे ।

Advertisement
IMG 20230307 192525

कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले नेपालको इतिहासमा निजी क्षेत्रको लगानीमा हाल सम्मकै ठुलो विद्युत आयोजना निर्माण सम्पन्न भएर उद्घाटन हुनु गौरवको विषय भएको बताए । उनले भने, ‘नेपालीहरुले धेरै वर्षदेखि देखेको सपना आज व्यवहारमा उत्रिएको छ, वास्तवमा जलविद्युत यस्तो प्राकृृतिक श्रोत हो जसले देशलाई अनन्तकाल सम्म आर्थिक आम्दानी दिइरहन्छ, यसले सिंगो राष्ट्रको अर्थतन्त्रमा नै सकरात्मक परिवर्तन ल्याउन सक्छ ।’ आफु गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री बनेको समयमा १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने घोषणा गरेको तर राजनितिक उत्थलपुत्थलका कारण त्यो पुरा हुन नसकेको स्मरण गरे । ‘हाईड्रो इलेक्ट्रिसिटिबाट नेपाललाई एउटा नयाँ रुपान्तरण तिर लैजान सकिन्छ भन्ने सन्देश चै त्यो बेला दिएकै हो ।’, प्रधानमन्त्री दाहालले भने ।

Advertisement

अब नेपाल विद्युत उत्पादनमा आत्मनिर्भर बनिसकेकाले विद्युत खपतलाई कसरी बढाउने भन्ने विषयमा सोच्ने बेला आएको दाबी गरे । साथै नेपालले अब विद्युत बिक्रीबाटै राम्रो आम्दानी गर्ने वातावरण सृजना भएको भन्दै अब आफुले इन्धनबाट चल्ने गाडीलाई विस्थापित गर्दै नेपालको इतिहासमै पहिलो पटक प्रधानमन्त्रीले विद्युतबाट चल्ने गाडी चड्ने योजना बनााईरहेको उद्घोष गरे ।

Advertisement

IMG 20230307 192418

कार्यक्रममा सोलुखुम्बुुका प्रतिनिधिसभा सदस्य मानविराई, प्रदेशसभा सदस्य गोम्बु शेर्पा, नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकार, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राई, थुलुङ दुधकोेशी गाउँपालिका अध्यक्ष असिम राई लगायतका व्यक्तिहरुको उपस्थिती रहेको आयोजनाका प्रशासन तर्फका लेखा अधिकृत जेपि जैसवालले बताए

। यो आयोजना निजी क्षेत्रले निर्माण गरेको सबैभन्दा ठूलो र देशको तेस्रो ठूलो जलविद्युत आयोजना हो । आयोजनाको विद्युत १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको तिङलास्थित लम्माने सबस्टेसनमा जोडिएको छ । विद्युतगृहदेखि सबस्टेसनसम्मको आवश्यक १२ किलोमिटर लामो प्रसारण लाइन कम्पनी आफैले निर्माण गरेको हो ।

सोलुखोलामा पानीको मात्रा कम रहेको कारण हाल ३० मेगावट सम्म विद्यूत उत्पादन भएको आयोजना उत्पादक प्रवद्र्धक साहास उर्जाका प्रमुख हिम पाठकले जानकारी दिए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै