spot_img

सोलुदुधकुण्डमा शैक्षिक कार्यशाला गोष्ठी सुरु

spot_img

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाको आयोजना तथा रीड नेपालको प्राविधिक तथा सहकार्यमा विहिबारदेखि ३ दिने नगरपालिकाको शिक्षा योजना निर्माण कार्याशाला गोष्ठी सल्लेरीमा सुरु भएको छ । कार्यशालामा नगर उपप्रमुख, वडाअध्यक्ष, शिक्षा समितिका सदस्य, विभिन्न विद्यालयका प्रअ तथा शिक्षक, शिक्षाप्रेमी विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, नगरपालिकाका शाखा प्रमुखहरुसहित ५० जनाको सहभागिता रहेको छ ।

Advertisement

कार्यक्रम उद्घाटनमा बोल्दै उपमेयर गान्धीमाया तामाङले शिक्षा महत्वपूर्ण भएकोले यो योजना निर्माणले सोलुदुधकुण्डको शैक्षिक गुणस्तरमा सुधार हुने विश्वास व्यक्त गरिन् । योजना निर्माण नगरपालिकाको नै दायित्व भएको भएता पनि रीड नेपालले पहलकदमी चालेर प्राविधिक तथा आर्थिक स्रोत समेत लगानी गरेर ठुलो सहयोग गरेकोमा रीड नेपाललाई धन्यवाद व्यक्त गरे ।

Advertisement
328422436 1266617217265965 4795921611324861545 n

कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख खगेन्द्र श्रेष्ठले स्थानीय तहमा शिक्षाको प्लान अतिआवश्यक भएको बताउदै प्लानले शैक्षिक सुधार हुने विश्वास व्यक्त गरे । कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले कार्यशालाको मुख्य उद्देश्य नगरपालिकाको शिक्षाको वास्तविक अवस्था विश्लेषण गर्दै शिक्षामा रहेका सकारात्मक पक्ष सुधार गर्नुपर्ने पक्ष अवसर र चुनौतीको बिश्लेषण गर्दै वास्तविक अवस्था पत्तालगाई ५ वर्ष भित्र शिक्षालाई कहाँ पुर्याउने भन्ने निष्कर्ष निकाल्नु रहेको बताए ।

Advertisement

कार्यक्रमको सहजीकरण विषयविज्ञ निरा शाक्य र डिल्ली प्रसाद डोटेलले गरेका थिए । कार्यशाला ३ दिन सम्म चल्ने छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै