spot_img

थुलुङ दुधकोशीले पाचँ वर्षे शिक्षा क्षेत्र योजना निर्माण गर्ने

spot_img

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले आगामी बैशाख १० सम्म पाचँ वर्षे शिक्षा क्षेत्र योजना निर्माण गर्ने भएको छ । पालिकाको आयोजना तथा रीड नेपालको प्राविधिक सहयोग र सहकार्यमा सम्पन्न ३ दिने शैक्षिक योजना निर्माण कार्यशालाले बैशाख १० भित्र पाँच बर्षिय शैक्षिक योजना बनाउने योजना तय गरिएको रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिए ।

Advertisement
332823779 580724073970530 7870417392038682311 n

कार्यशाला समापन कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष सबिता राईले विकासको मुख्य आधार शिक्षा भएकोले गुणस्तरिय शिक्षा निर्सत विषय रहेको बताइन् । शिक्षा समिति सदस्य हस्त बहादुर राई, वडा अध्यक्ष महेन्द्रदीप राई सामाजिक विकास समिति सयोजक बुद्धिराज राईले आफ्नो धारणा राख्दै कार्यशालाले थुलुङ दुधकोशीको शैक्षिक भविष्यमा टेवा पुग्ने बताए ।

Advertisement
327975751 738740024267596 2340609815071963254 n 1

कार्यक्रममा वडा अध्यक्षहरु घनराज सुनुवार, युजन बस्नेत, इन्द्रमणी दाहाल, चन्द्र बहादुर राई, महेन्द्र दिप राई, भोजराज कार्की, राजेश राई, सनकुमार तामाङ, सामाजिक विकास समिति संयोजक बुद्धिराज राई, कार्यपालिका सदस्य, पालिकाका १० माविका प्रध्यानाध्यापक, स्थानीय स्रोत शिक्षक, भूतपूर्व शिक्षकहरु विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, पालिकाका शाखा प्रमुखहरु र बालक्लबका प्रतिनिधिहरु गरेर ४५ जनाको सहभागिता रहेको थियो । कार्यशालाको सहजीकरण विषय विज्ञ नेपाल सरकारका उप–सचिव मेघनाथ शर्मा, रेवतीप्रसाद पराजुली र रीड नेपालका कार्यक्रम निर्देशक डील्लीप्रसाद डोटेलले गरेका थिए ।

Advertisement
334094330 759640505356682 5213056029052565496 n

रीड नेपालले खुम्बुपासाङल्हामु गाउँपालिका बाहेक सोलुखुम्बुको ७ स्थानीय तहको शिक्षा क्षेत्र योजना निर्माण गर्ने लक्ष्य लिएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै