spot_img

थुलुङ दुधकोशीमा शैक्षिक कार्यशाला गोष्ठी सुरु

spot_img

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको आयोजना तथा रीड नेपालको प्रावधिक सहयोग र सहकार्यमा ३ दिने शैक्षिक कार्यशाला गोष्ठी सुरु भएको छ । पालिकाको पाचँ वर्षे शिक्षा क्षेत्र योजना निर्माणका लागि आज देखि कार्यशाला गोष्ठी सुरु गरिएको हो ।

Advertisement

गोष्ठीमा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, माविका प्रध्यानाध्यापकहरु, स्थानीय स्रोत शिक्षक, भूतपूर्व शिक्षकहरु, व्यवस्थापन समितिका अध्यक्षहरु, पालिकाका शाखा प्रमुखहरु र बालक्लबका प्रतिनिधिहरु गरेर ४५ जनाको सहभागिता रहेको छ । गोष्ठीको सहजीकरण विषय विज्ञ नेपाल सरकारका उप सचिव मेघनाथ शर्मा, रेवतीप्रसाद पराजुली, रीड नेपालका कार्यक्रम निर्देशक डिल्लीप्रसाद डोटेलले गरिरहेका छन् ।

Advertisement
333950957 6182741188414751 888248350342311893 n 1

उद्घाटनमा कार्यक्रममा थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले समृद्ध गाउँपालिका निर्माणको मुख्य आधारको रुपमा शिक्षा क्षेत्र रहेकाले शिक्षा क्षेत्रको योजना निर्माण कार्य महत्वपूर्ण रहेको बताए । स्थानीय तहमा अझ पनि दक्ष जनशक्तिको अभाव रहेको बताउदै लामो समय शिक्षा क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको रीड नेपाललाई शैक्षिक क्षेत्रको प्राविधिक पार्टनरको रुपमा लिएको बताए ।

Advertisement
327975751 738740024267596 2340609815071963254 n

रीड नेपालले शिक्षा योजना निर्माणका लागि ६ ओटा पालिकामा पूर्व तयारी बैठक सम्पन्न गरेर थुलुङ दुधकोशी गाउँपालिकाबाट योजना निर्माण कार्यशाला गोष्ठी सुरु गरेको हो । खुम्बुपासाङल्हामु गाउँपालिका बाहेक रीड नेपालले सोलुखुम्बुको ७ ओटा स्थानीय तहको शिक्षा क्षेत्र योजना निर्माण गर्ने लक्ष्य राखेको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै