spot_img

निःशुल्क शिक्षाको व्यवस्था गर्न माग गर्दै नेविसंघ प्रशासन पुग्यो

spot_img

नेपाल विद्यार्थी संघ सोलुखुम्बुले निःशुल्क शिक्षाको माग गर्दै ६ बुदे माग सहित जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको ध्यानाकर्षण गराएको छ । नेपाली काँग्रेसको भातृ संगठन नेविसंघले प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईलाई विद्यार्थीको समस्याका बारेमा जानकारी गराउँदै ध्यानाकर्षण गराएको हो ।

Advertisement

नेविसंघ जिल्ला अध्यक्ष नविन बस्नेत र जिल्ला सचिव मोहनकृष्ण निरौलाको हस्ताक्षर रहेको ध्यानाकर्षण पत्रमा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको सुनिश्चितता गरिएको भएपनि जिल्लाका विद्यालयहरुले विभिन्न वाहानामा शुल्क लिदै आईरहेको हुँदा उक्त कार्य बन्द गरि निःशुल्क शिक्षाको सुनिश्चितता गर्न माग गरिएको छ ।

Advertisement

त्यस्तै, यातायातको भाडामा विद्यालयहरुलाई ४५ प्रतिशत छुटको ब्यबस्था भएपनि कार्यान्वयन नगरेको भन्दै सडकको अवस्थालाई मध्यनजर गरि बिद्यार्थीको परिचयपत्रको आधारमा छुटको व्यवस्था गर्न, जिल्ला शिक्षा समितिमा र स्थानीय तहले निर्माण गर्ने शिक्षा समितिमा विद्यार्थीसङ्गठनको प्रतिनिधित्व सुनिश्चित गर्न लगायतका विषयमा ध्यानाकर्षण गराईएको छ ।

Advertisement

प्रत्येक बिद्यालयमा बिभिन्न निकायबाट दिइने छात्रवृत्ति न्याय सङ्गत ढङ्गले उपलब्ध गराउन, स्थानीय तहले शिक्षकहरुलाई आस्थाका आधारमा दुःख दिने नियतका साथ सरुवा तथा नियुक्ति गरिएको हुँदा यस कार्यलाई बन्द गर्न र सोलुखुम्बुका विभिन्न विद्यालयहरुमा चारित्रिक प्रमाणपत्र शुल्क बापतको रकम छुट्टाछुट्टै लिदै आईरहेको हुनाले सम्पूर्ण विद्यालयहरुमा एकरुपता कायम गर्न माग गरिएको छ । नेपाल विद्यार्थी संघ सोलुखुम्बले एक साताभित्र माग पुरा नभए आन्दोलनको चेतावनी दिएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै