spot_img

एक करोड राशिको ‘रियालिटी सो’

spot_img

काठमाण्डौं । नेपाली संस्कृति, भाषा र गीत सङ्गीतको जगेर्ना गर्ने उद्देश्यका साथ इन्ट्रा फाउण्डेशन अफ अमेरिका कम्युनिटीले नेपालमै पहिलो पटक रु एक करोड पुरस्कार राशिको रियालिटी सो गर्ने भएको छ । इन्ट्रा फाउण्डेशन अफ अमेरिका कमुनिटीको आयोजनामा हुने मेघा भ्वाइस युनिभर्स र मेघा डान्स युनिभर्समा विश्वभर छरिएर रहेका नेपालीले भाग लिन पाउने भएका छन् ।

Advertisement

प्रतियोगिताको विजेताले नगद एक/एक करोड, फष्ट रनर अपले ३० लाख र सेकेन्ड रनरअपले २०/२० लाख प्राप्त गर्ने इन्ट्राका सचिव सुरेन शेर्माले जानकारी दिनुभयो । आयोजक संस्थाले आज झापाको दमकमा पत्रकार सम्मेलनको आयोजना गरी बताएको हो । प्रतियोगितामा विश्वभर छरिएर रहेका नेपाली भाषीहरूको सहभागिता रहनेछ । रियालिटी सो प्रथम अडिसन झापाको दमकबाट हुने भएको छ । फागुन २० र २१ गते झापाको दमकस्थित श्री सरस्वती माविमा अडिसन हुने कार्यक्रम सञ्चालक तथा कलाकार नरेश घतानीले बताउनुभयो ।

Advertisement

प्रतियोगिताको अडिसन अमेरिका, क्यानाडा, युरोप, दुबई, नेपाल, भारत, थाइल्याड र अष्ट्रेलियामा हुने भएको छ । नेपालमा हुने अडिसन नेपालगञ्ज, बुटवल, काठमाडौँ र झापामा हुने भएको छ । फिल्ड अडिसन र जर्ज अडिसनबाट विश्वभरका एक सय २० प्रतिस्पर्धी छानिने छन् । छानिएका एक सय २० प्रतिस्पर्धीलाई नेपालको काठमाडौँमा ल्याई टप १२ मा छानिने कार्यक्रम सञ्चालक घतानीले बताउनुभयो । प्रतियोगितामा सामूहिक लोक नेपाली सांस्कृतिक नृत्य प्रतियोगिता रहेको र उक्त प्रतियोगिताका विजेताले रु २० लाख प्राप्त गर्ने छन् ।

Advertisement

प्रतियोगिताको निर्णायकतर्फ गायनमा सुरेश अधिकारी, अन्जु पन्त, शिव परियार, पुष्पन प्रधान र सुजता बर्मा रहनुभएको छ । नृत्यमा कलाकार मिथिला शर्मा, केकी अधिकारी, प्रियङ्का कार्की, शङ्कर विसी, दिलीप रायमाझी, नरमान राई रहनुभएको छ । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिका विश्वका गरिब र दुःखीलाई सहयोग गर्दै आएको विशुद्ध सेवा मुखी संस्था रहेको इन्ट्राका नेपाल प्रतिनिधि इन्द्र बानियाँले बताउनुभयो ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै