spot_img

कार्यसम्पादन मुल्याङकनमा सोलुदुधकुण्ड पहिलो 

spot_img

सोलुखुम्बु । सोलुखुम्बुको आठ स्थानिय तह मध्ये सोलुदुधकुण्ड नगरपालिका कार्यसम्पादन मूल्यांकनको नतिजा सुचकमा अघि देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रतिबेदन अनुसार सोलुदुधकुण्ड नगरपालिकाले ६८.५८ प्रतिशत अंक प्राप्त गरेको छ ।

Advertisement

यो अन्य स्थानिय तहको तुलनामा सबै भन्दा बढि हो । थुलुङ दुधकोशी गाउँपालिकाले ६०.२२ प्रतिशत, खुम्बु पासाङ ल्हामु गाउँपालिकाले ५८.६ प्रतिशत, महाकुलुङ गाउँपालिकाले  ५०.८८, सोताङ गाउँपालिकाले ४८.५९, माप्यदुधकोशी ५७.२१, नेचासल्यान गाउँपालिकाले ४९.५८, लिखुपिके गाउँपलिकाले ४४.१९ प्रगति हासिल गरेको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा अघिल्लो वर्षको कार्य सम्पादनलाई हेर्ने गर्छ ।

Advertisement

आयोगले प्रदेशको हकमा आर्थिक वर्ष २०७७÷७८ को कुल लेखा परीक्षण भएको रकम र बेरुजुलाई आधार मानिएको छ । प्रदेशले स्थानीय तहलाई प्रदेश कानुन बमोजिम आयोगले तोकेको आधार लागु गरी सशर्त अनुदान प्रदान गरे–नगरेकोलाई समेत एक सूचक मानिएको छ । आयोगका अनुसार प्रदेशको तुलनामा स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्यांकनको नतिजा केही सुधारिएको पाइएको छ  । himalsamachar

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै