spot_img

सोलुखुम्बु सदरमुकाम सल्लेरीका होटल व्यवसाय संकटमा

spot_img

असोज १८, सोलुखुम्बु । करिब आधा दशक अघिसम्म राम्रै फस्टाएको सोलुखुम्बु सदरमुकाम क्षेत्रका होटल व्यवसाय पछिल्लो केहि बर्षयता धरासायी बन्दै गएको छ । सोलुखुम्बु सदरमुकामका होटल व्यवसाय संकटमा पर्दा व्यवसायीहरु समस्यामा परेका छन् ।

Advertisement

सल्लेरीमा करिब ३ दशक अघिदेखि लक्ष्मी होटल सञ्चालन गर्दै आउनुभएका ललितबहादुर थापा मगरलाई अहिले उक्त व्यवसाय निल्नु न ओकल्नु भएको छ । संघियतापछि अघिकांश सरकारी सेवा स्थानीय तहमा गएपछि सदरमुकामको व्यवसाय चौपट भएको हो भने अर्को तर्फ विश्वमा देखिएको आर्थिक संकटको असर यहाँ पनि परेको छ ।

Advertisement

जसका कारण व्यवसाय ठप्प हुँदा कसरी गुजारा चलाउने भन्ने चिन्ता थपिएको मुडे होटल सल्लेरीकी ल्हाक्पा शेर्पा बताए । सदरमुकाम सल्लेरीमा मात्रै दर्जनौ होटलहरु सञ्चालनमा छन् तर होटलमा आउने ग्राहक भने दिनानुदिन घट्दो क्रममा छ ।

Advertisement

एकातिर सामाग्रीहरुको मुल्य आकासिएको छ भने अर्को तर्फ हिजो हजारमा हुने व्यापार आज सयमा झर्दा भाडाँ तिर्न समेत मुस्किल पर्न थालेको लिखुपिके होटल सल्लेरीकी सरिता बस्नेतको भनाई छ । होटलको संख्या थपिनु र ग्राहकको संख्या घट्नुले होटल सञ्चालन गर्न चुनौतीको विषय बनेको छ ।

विगतको तुलनामा ९० प्रतिशतको हाराहारीमा व्यापार घटेकाले सदरमुकामकै व्यवसाय कसरी टिकाउने भन्ने चिन्ता थपिएको सल्लेरीका व्यवसायी निरकुमार नेपालीले बताए । आफ्नै घरमा व्यवसाय सञ्चालन गर्नेहरु जसोतसो टिकेपनि भाडाका सटर लिएर व्यवसाय गर्नेहरु चौपट भएको उनको भनाई छ ।

कोरोना कहरपछि धरासायी बन्न सुरु भएको व्यवसाय पछिल्लो समय आर्थिक मन्दीको समेत चपेटामा फसेपछि थप सोच्न बाध्य बनाएको व्यवसायीहरु बताउँछन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै