spot_img

थुलुङ दुधकोशीले ल्यायो बजेट क्यालेण्डर, प्रवक्ताको जिम्मेवारी कार्कीलाई

spot_img

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले बजेट क्यालेन्डर निर्माण गरेको छ । सोमबार बसेको कार्यपालिका बैठकले आर्थिक वर्ष २०७९–८० को बजेट क्यालेन्डर निर्माण गरेको गाउँपालिका अध्यक्ष अशिम राईले जानकारी दिए ।

Advertisement

जेठ ३१ म राजश्व परामर्श समितिको वैठक, असार २ मा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको वैठक, असार ३, ४ र ५ मा टोलवस्तिबाट योजना छनौट गर्ने गरि क्यालेण्डर तयार पारिएको छ । वैठकले असार ६ र ७ मा बजेट योजना प्राथमिकिकरण, असार ८ र ९ मा एकिकृत बजेट तथा कार्यक्रम तर्जुमा र असार १० गते गाउँ सभा गर्ने तालिका बनाएको छ ।

Advertisement
285176279 5086974508047498 3701670183524549591 n

कार्यपालिका वैठकले प्रवक्ताको जिम्मेवारी वडा नं ७ का वडाअध्यक्ष भोजराज कार्कीलाई दिएको छ । अध्यक्ष कार्की पूर्व पत्रकार हुन् । यसैबीच, बैठकले गाउँपालिकाको कार्यसम्पादन नियामवली एवम् बजेट तर्जुमा दिगर्दशन २०७४ बमोजिम विभिन्न समिति गठन गरेको छ ।

Advertisement

गाउँपालिका अध्यक्ष असिम राईको संयोकत्वमा सात सदस्यीय स्रोत अनुमान तथा बजेट सिमा निर्धारण र उपाअध्यक्ष सविता राईको संयोजत्वमा पाँच सदस्यीय राजश्व परामर्श समिति गठन गरेको हो । यस्तै, आठ वटा विषयगत समिति समेत गठन गरिएको गाउँपालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिए ।

285243240 5086974524714163 1804991826805678571 n

वडा नं. ८ का वडा अध्यक्ष राजेश राईको संयोजकत्वमा आर्थिक विकास समिति, वडा नं. ७ का वडा अध्यक्ष भोजराज कार्कीको संयोजकत्वमा सार्वजनिक सेवा प्रवाह तथा क्षमता विकास समिति, बुद्धिराज राईको संयोजकत्वमा सामाजिक विकास समिति, घनराज सुनवारको संयोजकत्वमा पुर्वाधार विकास समिति, युजन बस्नेतको संयोजकत्वमा वातावरण तथा विपद् व्यवस्थापन समिति गठन गरिएको छ ।

यस्तै, महेन्द्रराज राईको संयोजकत्वमा विद्येयक समिति, इन्द्रमणी दहालको संयोजकत्वमा लेखा समिति र गाउँपालिका उपाअध्यक्ष सविता राईको संयोजकत्वमा न्यायिक समिति गठन गरिएको हो । बैठकले बर्खाको समयमा सहजरुपमा सवारी सञ्चालनको लागि गाउँपालिका भित्रको मुख्य सडक सरसफाई गर्ने निर्णय गरेको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै