spot_img

थुलुङ दुधकोशीमा शैक्षिक कार्यशाला गोष्ठी संञ्चालन गरिने

spot_img

काठमाण्डौं । रीड नेपालको आयोजना तथा थुलुङ दुधकोशी गाउँपालिकाको सहकार्य समन्वयमा ५ वर्षे स्थानीय तह शिक्षा क्षेत्र योजना निर्माण पूर्व तयारी बैठक बसेको छ ।

Advertisement

मुक्लीमा बसेको बैठकमा गाउँपालिका अध्यक्ष असिम राईले शिक्षा क्षेत्र आफ्नो विशेष प्राथमिकतामा रहेकोले रीड नेपालको योजनाले गाउँपालिकाको शैक्षिक उन्नयनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । योजना निर्माण कार्यशाला गोष्ठीमा सहभागी सबैलाई अनिवार्य र पूर्वतयारीका साथ आवश्यक सूचना र तथ्यांकसहित सहभागी हुन निर्देशन दिए । सो गोष्ठीबाट उत्कृष्ट योजना निर्माण हुने विश्वास व्यक्त गरे ।

Advertisement
331770288 1216354755649171 3634412541074345035 n

यहि फागुन १४ देखि १६ सम्म शैक्षिक गोष्ठी संचालन गर्ने गाउँपालिकाले जनाएको छ । रीड नेपालका विज्ञहरुले सहजीकरण गर्ने गोष्ठीमा गाउँ शिक्षा समिति, वडाध्यक्ष, मा.वि.का प्रध्यानाध्यापक, स्थानीय स्रोत शिक्षक, फोकल शिक्षक, विद्यालय व्यवस्थापन, शिक्षक अभिभावक संघ, अभिभावक, बाल क्लबलगायतका सरोकारवालाको सहभागिता रहनेछ ।

Advertisement

रीड नेपालले शैक्षिक सुधारको योजना प्रस्तुत गरेको बैठकमा पालिका उपाध्यक्ष सविता राईलगायत गाउँ पालिका शिक्षा समितिका प्रतिनिधि, रीड नेपालका शिक्षा कार्यक्रम प्रबन्धक मुक्ति घिमिरे, शिक्षा विकास संयोजक केशव गिरी, शिक्षा विकास अधिकृत प्रेम रोकायाको उपस्थिति रहेको थियो ।

331785031 579242480887866 1957918414316977492 n

रीड नेपालको तर्फबाट बैठकको प्रस्ताव तथा शैक्षिक योजनाको ढाँचा रीड नेपालका अनुगमन तथा मूल्यांकन प्रबन्धक उपेन्द्रराज जोशीले प्रस्तुत गरेका थिए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै