spot_img

थुलुङ दुधकोशी गाउँपालिकाले ज्येष्ठ नागरिक हेरचाह केन्द्र संचालन गर्ने

spot_img

थुलुङ दुधकोशी गाउँपालिकाले ज्येष्ठ नागरिक हेरचाह केन्द्र संचालन गर्ने भएको छ । शुक्रबार सम्पन्न कार्यपालिका बैठकले गाउँपालिका केन्द्रमा उक्त हेरचाह केन्द्र सञ्चालन गर्ने निर्णय गरेको हो ।

Advertisement

चालू आर्थिक वर्षदेखीनै सञ्चालन गर्नेगरी कार्यविधी निर्माण निर्माण गरिने पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । जसको लागि गाउँपालिका उपाध्यक्ष सविता राईको संयोजकत्वमा पाच सदस्यीय समिती निर्माण गरिएको छ गाउँपालिकाले जनाएको छ ।

Advertisement

यस्तै यो महिनाको अन्तिममा हिउँदे गाउँसभा सञ्चालन गर्नेपनि कार्यपालिका बैठकले निर्णय गरेको छ । पालिका प्रवक्ता कार्कीका अनुसार पाँच वटा कार्यविधि तथा निर्देशिका पनि पारित गरिएको छ । जस्मा दुधकोशी सामुदायिक अस्पताल संचालन कार्यविधि, २०७९, थुलुङ दुधकोशी गाउँपालिकाको तालिम, गोष्ठी, अभिमूखिकरण, अन्तरक्रिया तथा कार्यशाला संचालन सम्बन्धी खर्चको कार्यविधि¸ २०७९, थुलुङ दुधकोशी गाउँपालिकाबाट गरिने योजना अनुगमन निर्देशिका¸ २०७९,थुलुङ दुधकोशी गाउँपालिकाको बजार अनुगमण निर्देशिका¸ २०७९ र थुलुङ दुधकोशी गाउँपालिकाको मर्मत सम्भार कार्यविधि¸ २०७९ रहेका छन ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै