spot_img

मौलिक सालैजो ‘सिकारी दाई’ (भिडियो)

spot_img

काठमाण्डौं । सागर विरही र माया मगरले मौलिक भाका सालैजो ‘सिकारी दाई’सार्वजनिक गरेका छन् । विरहीको सृजनामा तयार भएको गीतको भिडियो निर्देशन पनि उनैले गरेका छन् ।

Advertisement

माधव श्रेष्ठको कोरियोग्राफी, मिलन विश्वकर्माको सम्पादन रहेको भिडियोमा आनन्द र अञ्जु गुरुङले स्किन शेयर गरेका छन् ।

Advertisement

गण्डक क्षेत्रमा बसोबास गर्ने मगर, गुरुङ समुदायमा प्रचलित सालैजो भाकाको संरक्षण र पुस्तान्तरणका लागि पनि मौलिक सृजना र गायनमा समय खर्चिएको गायक विरहीले बताए ।

Advertisement

उनले भने, ‘सकेसम्म बेष्ट गर्ने कोशिस गरेको छु । मुल्यांकनको जिम्मा दर्शक स्रोताको हातमा सुम्पेको छु ।’ आफूले कहिल्यै व्यापारको लागि मात्रै काम नगरेको उनले बताए ।

मौलिक लोक लय संरक्षणमा संस्थागत लाग्न पाए अझ राम्रो हुने उनको विचार छ । उद्यपि, एउटा कलाकारले पनि आफ्नो दायित्व पुरा गर्नुपर्ने विरहीले बताए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै