spot_img

गौतम र बबिनाले गाए ‘सोताङ गाउँ’ (भिडियो)

spot_img

काठमाण्डौं । गायक गौतम सागर राईले अमेरिकाबाट नेपालको गाउँघर सम्झेका छन् । ‘सोताङ गाउँ’बोलको गीतबाट आफू जन्मे हुर्केको सोलुखुम्बुको सोताङ गाउँ सम्झना गरेका हुन् ।

Advertisement

अमेरिका निवासी गीतकार मणिराज बस्नेतको गीत, गायक राईकै संगीतमा तयार भएको गीतमा महिला गायनमा बबिना किराँतीले साथ दिएकी छिन् । लिप्सिङ भिडियो सार्वजनिक गरिएको गीतमा दाजुवहिनीको गीति संबाद प्रस्तुत गरिएको छ ।

Advertisement

गीतमा शुक्रबारे हाटबजार, दुधकोशी नदि, हुलु डाँडा देवीथान लगायतका स्थानलाई समाबेश गरेर गाउँघरको यादलाई अझ प्रेमिल बनाइएको छ ।

Advertisement

मनोज साङसङ राईको एरेन्जमा तयार भएको गीत स्टुडियो किङमा रेकर्ड गरिएको हो । जस्केलो क्रियशनले तयार पारेको भिडियो गौतम सागर राईको अफिसियल युटुव च्यानलमा अपलोड गरिएको छ ।

गायक राईले यसअघि ‘लाहुर जाने लाहुरे’, ‘आमा’, ‘परदेशीको याद’, ‘सिमापारी’, ‘दशैँ आयो, तिहार आयो’लगायतका गीत सार्वजनिक गरिसकेका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै