spot_img

राष्ट्रिय कविता प्रतियोगीतामा नेचासल्यानका कवि प्रथम

spot_img

काठमाण्डौं । सोलुखुम्बु नेचासल्यानका कवि जेबी ‘जिज्ञासु’राई एक भर्चुअल कविता प्रतियोगीतामा प्रथम बनेका छन् ।

Advertisement

प्रथम शहिद क्या. लखन थापा मगरको १४६ औ स्मृती दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ इजरायलको आयोजनामा सम्पन्न भर्चुअल ‘वृहत कविता वाचन प्रतियोगिता’मा सहभागी उनले प्रथम स्थान हासिल गरि नगद ५० हजार जित्न सफल भएका छन् ।

Advertisement

उनले आयोजकले दिएको शिर्षक ‘प्रथम शहिद’शिर्षकमा मन्दक्रान्त छन्दमा कविता लेखेर प्रथम पुरस्कार हात पारेका हुन् । प्रतियोगीताको नतिजा १४ फेब्रुअरी साँझ प्रकाशित गरिएको थियो ।

Advertisement

प्रतियोगीतामा सिन्धु पौडेल द्धितीय, राज लिम्बु तृतीय, रुपक ‘जमरा’तामाङ तृतीय र माया केसी पाँचौँ बनेका थिए । उनीहरुले प्रमाणपत्रको साथमा नगद २५ हजार, १५ हजार र ५–५ हजार पुरस्कार हात पारेका छन् । छन्द र स्वतन्त्र कविताहरु प्रतिस्प्रर्धामा थिए ।

प्रतियोगीतामा प्रथम बन्न सफल कविता
शिर्षक – ‘प्रथम सहिद’
छन्द–मन्दाक्रान्ता

कालो रात्री सकल जनको चिर्नलाई लडे थे
बोल्दै बोली गरिबहरुको फेर्न हाँसो बढे थे ।
राणा जात्रा वरपर सबै मात्र निस्सार थियो
उत्र्यो झिल्को अनि लखनको धर्मको क्रान्ति दियो ।।४

गोर्खालीको सपूत तमु हौ क्रान्ति रोज्यौ लडाईँ
आमा बेच्ने कपुतहरुको नाश औ लोक भलाई ।
त्यागी पैसा,सुखशयल औ राष्ट्रको निम्ति लड्ने
त्यै हो योद्धा सहिद पहिलो शीर्ष कैल्यै नझुक्ने ।।८

बाटो रोजे भतभत जहाँ पिल्सिने बालुवाको
जङ्गे काँप्यो थरथर जसै क्रान्ति सल्क्यो प्रजाको ।
जुट्ने,उठ्ने रहर मनको प्राप्तिको मार्ग खन्दै
चौतारीमा मगज जनको चेतनाले सुधार्दै ।।१२

तानाशाही रगत,पसिना चुस्नमा व्यस्त हुन्थे
निर्धा मान्छे र त हुकुमको उत्तरै छैन भन्थे ।
जो भो योद्धा अटल नझुकी दुष्टको माथ ताकी
शताब्दीयौँ किन चुप भयौ राज्यसत्ता बिरामी ।।१६

हिन्दुस्तानी विचलित भए जाल अंग्रेजको थ्यो
नेपाली थे गिरिशिखरमा काल अंग्रेजको भो ।
जो थे यात्री थकित नहुने राष्ट्रको निम्ति मर्ने
आँटी–गोर्खे लखन पहिलो वीर हुन् देश फेर्ने ।।२०

आहा राम्रो! मगरहरुको पुज्न जाऔँ लखन्या
राखौँ श्रद्धा सहिदहरुको मार्ग रोजौँ न सदा ।
खिर्राको त्यो विपुल रुखमा पुत्रको अन्त्य भयो
उत्र्यो झिल्को अनि लखनको धर्मको क्रान्ति दियो ।।२४
जेबि “जिज्ञासु“ राई
नेचासल्यान २, सोलुखुम्बु
प्रदेश नं. १

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै