spot_img

रीड नेपालले दियो ३९० शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

spot_img

सोलुखुम्बु । सोलुखुम्बुका स्थानीय तहहरुको समन्वय तथा सहकार्य र रीड नेपालको आयोजनामा ५ दिने विषयगत शिक्षक क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । तालिममा अंग्रेजी, गणित, विज्ञान, प्रविधि र सामाजिक विषय शिक्षण गर्ने आधारभूत तहका शिक्षकहरुलाई तालिम प्रदान गरिएको हो ।

Advertisement
324550246 588668209369530 325329698653185237 n

लिखुपिके गाउँपालिकामा आज उक्त तालिमको समापन गरिएको छ । पालिकाको समन्वय तथा सहकार्य र रीड नेपालको आयोजनामा संचालित तालिममा रीड नेपालले काम गर्ने विद्यालयका ४० जना र पालिकाको तर्फबाट २४ जना शिक्षकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको समापन लिखुपिके गाउँपालिका अध्यक्ष मीना बस्नेतले गरिन् ।

Advertisement
325307064 738520497777458 1268351487744566792 n

कार्यक्रममा शिक्षा संयोजक रेखराज बस्नेत, निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानु कार्कीको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले तालिममा सिकेका सिपलाई कक्षाकोठामा पु¥याउन अनुरोध गरिन् । उनले पालिकाको तर्फबाट अनुगमन समेत गर्ने बताइन् । शिक्षा शाखा संयोजक रेखराज बस्नेतले तालिम प्रभावकारी भएको भन्दै तालिमलाई व्यवहारमा उतार्न सहज होस् भनेर पालिकाको तर्फबाट प्रत्येक विद्यालयलाई पाठ्यक्रम र विद्यार्थी सिकाइ मूल्यांकन वितरण गर्ने बताए ।

Advertisement
325429140 904697627393598 2584846345962681787 n

रीड नेपालका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर बोगटीले सामुदायिक विद्यालयमा प्रायः अंग्रेजी, गणित, विज्ञान विषयको सिकाइ उपलब्धी कम हुने र धेरै विद्यार्थीहरु यी विषयमा कमजोर हुने भएकोले बालबालिकाको सिकाइ उपलब्धी वृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरेको बताए ।

327010345 935570091146564 8596465102885730134 n

यस अघि सोलुदुधकुण्डका ५४ जना, माप्यदुधकोशीमा ५५ जना, थुलुङ दुधकोशीमा ४४ जना, नेचासल्यानमा ५५ जना, सोताङमा २३ जना, महाकुलुङ गाउँपालिकामा २९ जना गरी ३ सयलाई रीडको तर्फबाट र माप्य दुधकोशीको तर्फबाट १५ जना, थुलुङ दुधकोशीको तर्फबाट ४४ जना, नेचासल्यानको तर्फबाट ७ जना गरी जिल्ला भरीका ३९० जना शिक्षकहरुलाई तालिम प्रदान गरेको रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिए ।

324561248 860525911839489 558689266186078595 n

तालिममा सहभागी शिक्षकहरुले विषयगतका साथै प्रविधिलाई पनि समेटिएकोले तालिम प्रभावकारी भएको बताउदै कक्षाकोठामा प्रयोग गर्ने बताएका छन् । तालिमको सहजीकरण मुक्ति घिमिरे (अंग्रेजी),सरद गौतम (गणित), राजीभ ढुंगाना (विज्ञान), विष्णु प्रसाद उपाध्याय र सुजाता राई (सामाजिक) र सोनाम लामाले (प्रविधि)गरेका थिए ।

327282786 838777134645958 5617055695150643596 n
spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै