spot_img

निकुञ्जसँग अनुमती नलिएका हेलिलाई सगरमाथा क्षेत्रमा उडान अनुमती नदिन दुई विमानस्थललाई पत्र

spot_img

सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चे सोलुखुम्बुले रुट पर्मिट र उडान अनुमती नलिएका हेलिकप्टरलाई निकुञ्ज क्षेत्रमा उडान अनुमती नदिन दुई विमानस्थललाई आग्रह गरेको छ ।

Advertisement

निकुञ्जको इन्ट्रान्स अनुमति, हेलिकप्टरको अवतरण अनुमती, तथा ओभरीङ अनुमती भए नभएको जाँच गरि हेलिकप्टर पठाउन फाप्लु विमानस्थल र तेन्जिङ हिल्लरी विमानस्थल लुक्लालाई पत्र काटेको हो ।

Advertisement

हेलिकप्टर कम्पनीले लापरबाही गर्दै निकुञ्ज क्षेत्रमा जथाभावी उडान भर्न थालेपछि कडाई गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले जानकारी दिए । यस अघि निकुञ्ज क्षेत्रमा अनुमती विना अवतरण हुने हेलिकप्टरलाई नियन्त्रणमा लिने निकुञ्जले चेतावनी समेत दिईसकेको छ ।

Advertisement

निकुञ्जको कार्यालयले फेब्रवरी १ तारिखबाट विना अनुमती निकुञ्ज क्षेत्रमा ल्याड गरिने हेलिकप्टरलाई नियन्त्रण लिई कारबाही गर्ने जनाएको छ । जसका लागि निकुञ्जले हेलिकप्टर कम्पनीहरुलाई पत्राचार गरिसकेको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै